रौतहट। बिश्व प्रसिध्द बारा बरियारपुर स्थित लागेको पंचवर्षीय गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ।
मेलामा आउने जाने यात्रुलाई सहज हुने गरी मौलापुर नगरपालिकाले मूल बाटो मर्मत सुरु गरेको छ। गत असोज महिनामा लालबकैया नदीमा आएको बाढबाट क्षतिग्रस्त जयनगर–मौलापुर– बिरगंज सड़क मर्मत गर्न संबन्धित निकाय तथा सरकारले वास्ता न गरे पछि मौलापुर नगरपालिकाले मर्मत तथा निर्माण कार्य शुरू गरेको हो । एैतिहासिक पञ्चवर्षीय गढीमाई मेलालाई ध्यानमा राखेर नगरपालिकाले सडक मर्मत तथा निर्माण कार्य सुरु गरेको मेयर रिना कुमारी साहले बताएकी छन्।
यसैबीच, पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मौलापुर नगरपालिकाले गरेको कार्य सराहनीय भएको बताएका छन । केन्द्र र प्रदेश सरकारको मातहतमा रहेका यस्ता सड़कहरूको मर्मत र संचालनको जिम्मा सम्बन्धित सरकारहरूले नै लिनुपर्ने हो तर यी सरकारहरू अनैतिक कर्ममा लागेकोले बाढीबाट क्षतिग्रस्त संरचनाहरू अल्पत्र परेको अध्यक्ष साहले टिप्पणी गरेका छन्।
‘यति महिना पुगि सक्दा पनि क्षतिग्रस्त आफनो मातहतको आयोजनाहरूमा ध्यान न जानु गैर जवाबदेहीताको प्रकाष्टा हो । केन्द्र र प्रदेश सरकारले यसरी गैरजिम्मेवार र अनैतिक कार्य गर्दा पनि कांग्रेस–एमाले गठबन्धनका झोलेहरूले चुपकी साधनु दु:खद हो,’ उनले भनेका छन्।
बारा बरियारपुर स्थीत गढीमाई मन्दिरमा लागेको पंचवर्षीय मेलामा यस पटक २ करोड मानिस आउने आयोजकको अनुमान रहेको छ। मेलामा पुग्ने चौतर्फी बाटोमा १०११५ किलोमीटर टाढा बाट नै हजारौँ मानिसको घुँईचो लाग्ने गर्दछ।
गत १७ गते औपचारिक रूपमा राष्ट्रपती रामचन्द्र पौडेलले उदघाटन गरेको बारा बरियारपुर स्थित गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ। गढीमाई मन्दिरमा यस पटक आगामी २३ गते आइतबार बली प्रदान गरिने मूल पूजारी मंगल चौधरीले बताएका छन्।
गढीमाई मन्दिरका मूल पुजारी चौधरीसँग मिलेर मूल तान्त्रिक उमाशंकर धामी कछाडियाले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशुबली सुरु हुने चलन रहिआएको छ।
रोग शोक निको हुने, सन्तान प्राप्तिका साथै माताको नामले गरिएको भाकल पूरा भएपछि पंचवर्षीय मेलामा हजारौँ मानिसले परेवा, बोका, राँगा लगायतको बली चढाउने गर्दछन्। मेलामा नेपालको अधिकांस जिल्लाका मानिसका साथै भारतबाट लाखौं मानिस आउने गर्दछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: