रौतहट। बिश्व प्रसिध्द बारा बरियारपुर स्थित लागेको पंचवर्षीय गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ।
मेलामा आउने जाने यात्रुलाई सहज हुने गरी मौलापुर नगरपालिकाले मूल बाटो मर्मत सुरु गरेको छ। गत असोज महिनामा लालबकैया नदीमा आएको बाढबाट क्षतिग्रस्त जयनगर–मौलापुर– बिरगंज सड़क मर्मत गर्न संबन्धित निकाय तथा सरकारले वास्ता न गरे पछि मौलापुर नगरपालिकाले मर्मत तथा निर्माण कार्य शुरू गरेको हो । एैतिहासिक पञ्चवर्षीय गढीमाई मेलालाई ध्यानमा राखेर नगरपालिकाले सडक मर्मत तथा निर्माण कार्य सुरु गरेको मेयर रिना कुमारी साहले बताएकी छन्।
यसैबीच, पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मौलापुर नगरपालिकाले गरेको कार्य सराहनीय भएको बताएका छन । केन्द्र र प्रदेश सरकारको मातहतमा रहेका यस्ता सड़कहरूको मर्मत र संचालनको जिम्मा सम्बन्धित सरकारहरूले नै लिनुपर्ने हो तर यी सरकारहरू अनैतिक कर्ममा लागेकोले बाढीबाट क्षतिग्रस्त संरचनाहरू अल्पत्र परेको अध्यक्ष साहले टिप्पणी गरेका छन्।
‘यति महिना पुगि सक्दा पनि क्षतिग्रस्त आफनो मातहतको आयोजनाहरूमा ध्यान न जानु गैर जवाबदेहीताको प्रकाष्टा हो । केन्द्र र प्रदेश सरकारले यसरी गैरजिम्मेवार र अनैतिक कार्य गर्दा पनि कांग्रेस–एमाले गठबन्धनका झोलेहरूले चुपकी साधनु दु:खद हो,’ उनले भनेका छन्।
बारा बरियारपुर स्थीत गढीमाई मन्दिरमा लागेको पंचवर्षीय मेलामा यस पटक २ करोड मानिस आउने आयोजकको अनुमान रहेको छ। मेलामा पुग्ने चौतर्फी बाटोमा १०११५ किलोमीटर टाढा बाट नै हजारौँ मानिसको घुँईचो लाग्ने गर्दछ।
गत १७ गते औपचारिक रूपमा राष्ट्रपती रामचन्द्र पौडेलले उदघाटन गरेको बारा बरियारपुर स्थित गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ। गढीमाई मन्दिरमा यस पटक आगामी २३ गते आइतबार बली प्रदान गरिने मूल पूजारी मंगल चौधरीले बताएका छन्।
गढीमाई मन्दिरका मूल पुजारी चौधरीसँग मिलेर मूल तान्त्रिक उमाशंकर धामी कछाडियाले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशुबली सुरु हुने चलन रहिआएको छ।
रोग शोक निको हुने, सन्तान प्राप्तिका साथै माताको नामले गरिएको भाकल पूरा भएपछि पंचवर्षीय मेलामा हजारौँ मानिसले परेवा, बोका, राँगा लगायतको बली चढाउने गर्दछन्। मेलामा नेपालको अधिकांस जिल्लाका मानिसका साथै भारतबाट लाखौं मानिस आउने गर्दछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ०७:३२
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, न्यून स्रोत–साधन र भौतिक पूर्वाधारको अभावका बीच पनि ग्रामी...
जेष्ठ २३ गते, २०८३ - ०७:२७
पाँचथर । सडक पुल निर्माण नहुँदासम्म नदी तथा खोलामा बनाइने अस्थायी डाइभर्सन वर्षायाममा बारम्बार बाढीले बगाउँदा पाँचथरका विभिन्न सडकखण्डमा यात्रुले सास्...
जेष्ठ २३ गते, २०८३ - ०७:२१
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण मागेपछि पूर्वन्यायाधीशहरू त्यसको विरोधमा उत्रिएका छन्। पूर्वन्यायाधीश फोरमले विज्ञप...
जेष्ठ २३ गते, २०८३ - ०७:१६
काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्च...
जेष्ठ २३ गते, २०८३ - ०७:०६
काठमाडौं । सरकारले विपन्न, असहाय र बेवारिसे नागरिकका लागि छुट्याएको हजारौं निःशुल्क अस्पताल बेड प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। एकातिर उपचार नपाए...
जेष्ठ २२ गते, २०८३ - २२:००
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...
जेष्ठ २२ गते, २०८३ - २१:३६
ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...
जेष्ठ २२ गते, २०८३ - २१:३०
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...
जेष्ठ २२ गते, २०८३ - २०:१३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...



प्रतिकृया लेख्नुहोस्: