जलेश्वर । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका–९ का किसान जितेन्द्र सिंहले बताए ।
चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने उनले बताए । उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका–८ का अर्का किसान अरुण पाण्डेले बताए । रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई–तीन लाग्ने गरेको बताए ।
रिपर मेसिन प्रयोग हुनुअघि धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गर्नुभएका जलेश्वर नगरपालिका–६ का किसान दिनेश मण्डलले बताए ।
रिपर मेसिनले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव हुने समस्या समाधान भएकाले किसानले आफ्नो बिघौँबिघामा लगाएका धान भित्र्याउन रिपर मेसिन वरदान सावित भएको जलेश्वर नगरपालिका–२ का किसान अनिल साहले बताए । रिपर मेसिनको मूल्य स्थानीय बजारमा रु दुई लाख १५ हजार पर्ने उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८१ - १४:०७
काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधान...
माघ १ गते, २०८१ - १४:०२
चौतारा । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोग...
माघ १ गते, २०८१ - १३:५८
काठमाडौं । ‘ए सिउँदो भरेर जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर जन्ती अघि पछाडी घोडा चढेर...’ थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक त...
माघ १ गते, २०८१ - १३:५५
ललितपुर । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सा...
माघ १ गते, २०८१ - १३:४५
धनगढी । बझाङमा ढुंगा लागेर २४ वर्षीया महिलाको निधन भएको छ। थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो ख...
माघ १ गते, २०८१ - १३:३८
काठमाडौं । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको छ । जिल्ला कृषि विकास क...
माघ १ गते, २०८१ - १३:३८
सुर्खेत । लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित गिरीघाट ख...
माघ १ गते, २०८१ - १३:३६
काठमाडौं । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जी...
माघ १ गते, २०८१ - १३:००
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन ...
माघ १ गते, २०८१ - १२:३४
मिति तोक्दिनँ, तर हामीले धेरै बल नगर्दै चाँडै ढल्दैछ
प्रतिकृया लेख्नुहोस्: