Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सगरमाथा आरोहणको तयारी गर्दै अभिनेत्री कविता नेपाली

खबरडबली संवाददाता

काठमाडौं । नृत्य कलाकार तथा अभिनेत्री कविता नेपालीले संसारकै उच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी छिन् । उनले सोमबार यो अभियानको घोषणा चलचित्र एक्लोको टिम मार्फत गरेकी हुन् । केही दिनदेखि खुम्बु आसपारका विभिन्न शिखरमा गएर उनी हिमाल आरोहणको प्रशिक्षण लिईरहेकी छिन् ।

हालै चलचित्र ‘एक्लो’को छायाँकन सकेर आफुु पर्वतारोहणको प्रशिक्षणमा व्यस्त रहेको पनि अभिनेत्री कविता नेपालीले बताएकी छिन् । यतिबेला आफु सगरमाथा आरोहणको लागि खुम्बु क्षेत्रमा आबस्यक पुर्व तयारीमा व्यस्त रहेको पनि उनले बताएकी छिन् ।

‘चलचित्र एक्लोको छायाँकनको लागी अपर मुस्ताङमा पुग्दा त्यहाँको हिमालहरु देखेर मलाई सुरुमा ती हिमालहरु चढ्न मन लाग्यो । हिमाल मात्र किन सगरमाथा चढ्ने सोच पलाएपछि मैले त्यहाँबाट फर्केपछि हिमाल आरोहणको प्रशिक्षण सुरु गरेको हुँ ।’

उनले सगरमाथा चढ्नु अघि अन्य हिमालहरु चढ्नु पर्ने र आबस्यक तालिम लिन सुरु गरेकी छिन् । केही समयदेखि सगरमाथाको बेस क्याम्पमा रहेर खुम्बु क्षेत्रका शिखर आरोहणसहित आफु आरोहण प्रशिक्षणमा व्यस्त रहेको उनले फोन मार्फत सोमबार सञ्चारकर्मीलाई जानकारी गराएकी छिन् ।

उनले भनिन्,‘सगरमाथा चढ्नु जोखिम काम हो र अझै महिलाहरुको लागि त् झन् जोखिम हो । जोखिम काम सफलता गरेर नै आफ्नो र देशको नाम राख्ने मेरो चाहना रहेको छ ।’

उनी आगामी आरोहण सिजन चैत अन्तिम तथा बैशाखमा सगरमाथा शिखरमा जाने लक्ष्यमा छिन् । उनलाई सगरमाथा चढ्नको लागि चलचित्र एक्लोको निर्माण टिमले पनि केही सहयोग गर्ने भएको छ,‘कविता नेपालीलाई सगरमाथा चढ्न चलचित्र एक्लो निर्माण टिमले पनि आबस्यक सहयोग गर्ने तयारी गर्दैछ । हामी उनलाई आर्थिक, कानुनी तथा विभिन्न सहयोगको तयारी गर्दैछौं ।’ सोमबार यो चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले सञ्चारकर्मीलाई बताए ।

डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी कविता नेपालीले सय भन्दा बढी म्युजिक भिडियो, वेव सिरिजमा काम गरि सकेकी छन् । उनि अभिनित पहिलो चलचित्र एक्लोको छायांकन सकेर युकेमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending