काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी २९ वैशाखभित्र नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आउने क्रम जारी छ। “मार्कस्लिप छुट्याएर इन्ट्री गर्ने काम भइरहेको छ, उत्तरपुस्तिका पनि क्रमश: आइरहेका छन्,” उनले बताए।
यस वर्ष एसईई परीक्षा १९ देखि २९ चैतसम्म सञ्चालन भएको थियो। विशेष रूपमा, यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो। परीक्षा सकिएलगत्तै केन्द्रमै जाँच गरिएका उत्तरपुस्तिका र मार्कस्लिप बोर्डमा पठाइँदैछ। हालसम्म ८–१० जिल्लाबाट सामग्री आइसकेको छ भने अन्य जिल्लाबाट आउने क्रम जारी रहेको बोर्डले जनाएको छ।
बोर्डमा अहिले ३० जना कर्मचारी खटिएका छन्, जसमा १७ जना कर्मचारी इन्ट्री कार्यमै संलग्न छन्। समयमै नतिजा सार्वजनिक गर्न कर्मचारीहरू बिदाको दिनमा समेत काम गरिरहेका छन्।
सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। सोहीअनुसार बोर्डले त्रुटिरहित रूपमा नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...
बैशाख १ गते, २०८३ - १३:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...
बैशाख १ गते, २०८३ - १२:३९
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...


प्रतिकृया लेख्नुहोस्: