Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत

खबरडबली संवाददाता

काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ४७ वर्ष पुरानो उपग्रहसँग फेरि अन्तरिक्षमा सम्पर्क गरेको छ । 

अमेरिकाको अन्तरिक्ष इतिहासको सबैभन्दा लामो मिसन भ्वाएजर– १ अन्तरिक्षयानसँग यो सम्पर्क भएको हो। सन् १९७७ मा नासाले केही हप्ताको अन्तरालमा भोयाजर १ र भोयाजर २ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो, जो अनन्त ब्रम्हाण्डको परिक्रममा निस्केको हो ।

सोही अनुसार उनी करिब ४७ वर्षदेखि कार्यरत छन् । भिओएको रिपोर्टका अनुसार हालैका वर्षहरूमा नासालाई भोयाजर अन्तरिक्ष यानसँग सञ्चार गर्न कठिनाइ भइरहेको थियो, यसै वर्षको अप्रिलमा नासाले ५ महिनादेखि ‘भोयाजर १’ अन्तरिक्ष यानसँग सञ्चार गर्न नसकेको बताएकोसमेत थियो ।

रिपोर्टका अनुसार नासाका अधिकारीहरूले  ‘भोयाजर १’ को अनबोर्ड कम्प्युटरमा चिपमा त्रुटि भएको बताएका छन् । जसका कारण अन्तरिक्ष यानले पठाएको डाटालाई वैज्ञानिकहरूले बुझ्न सकिरहेका थिएनन् । तर, वैज्ञानिकहरूले पढ्ने तरिका परिवर्तन गरे र समस्या केही हदसम्म समाधान भएको छ ।

यसपछि अक्टोबरमा सञ्चारको समस्या फेरि उठ्यो । जसका कारण वैज्ञानिकहरुले ‘भोयाजर १’ को डाटा ढिलो पाउँदै आएका थिए । त्यो समस्या अन्तरिक्ष यानको रेडियो ट्रान्समिटर प्रणालीसँग सम्बन्धित थियो।

यसपछि जब कुनै कारणले नासाले अन्तरिक्ष यानलाई आफ्नो एउटा हिटर खोल्न भन्यो, भोयाजर १ को दोष संरक्षण प्रणाली सक्रिय भयो। यसको उद्देश्य बिजुली बचत गर्नुथियो। यस्तो अवस्थामा अन्तरिक्ष यानले प्राय: पठाउने रेडियो सिग्नलको सट्टा अन्य तरिकाले सिग्नल पठाउन थालेको थियो।

अवस्था यस्तो थियो कि नासाले सामान्य एक्स ब्यान्डको सट्टा एस ब्यान्डमा संकेतहरू प्राप्त गर्न थाल्यो। जब नासाले तिनीहरूलाई प्राप्त गर्न थाल्यो, डाटा फेरि अन्तरिक्ष यानबाट आउन थाल्यो। नासाले भन्यो कि एस ब्यान्ड भन्दा एक्स ब्यान्ड धेरै कमजोर छ, त्यही भएर उनले लामो समयदेखि एक्स–ब्यान्ड रेडियो कम्युनिकेशन प्रणाली सुरु गर्न खोजिरहेका थिए ।

चाखलाग्दो कुरा के छ भने, नासाले १९८१ देखि एस ब्यान्ड प्रयोग गरेको छैन। यसको अर्थ एजेन्सीले ४३ वर्षपछि भ्वाएजर १ बाट फरक तरिकाले सङ्केतहरू प्राप्त गरेको हो ।

भोयाजर १ र भोयाजर २ अन्तरिक्ष यान बृहस्पति र शनि भ्रमण गर्नका लागि डिजाइन गरिएको थियो। दुबै अन्तरिक्ष यानले आफ्नो काम राम्रोसँग पूरा गरेका पनि थिए । भ्वाएजर २ सन् १९८९ मा युरेनस र नेप्च्युनको नजिक आएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने कर्मचारीसहित दुई पक्राउ

काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...

बाँकेमा शितलहरबाट ३५ हजार बढी परिवार प्रभावित हुने पुर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending