उदयपुर । भोलि हुने उपनिर्वाचनमा उदयपुरका दुई वडाको तयारी पूरा भएको छ । त्रियुगा नगरपालिका-१२ को निर्वाचनका लागि सदरमुकाम गाईघाटस्थित वडा नम्बर १३ को जनप्रेमी आधारभूत विद्यालय र बेलकाको वडा ९ स्थित वर पिपल माध्यमिक विद्यालयलाई मतदान स्थल बनाइएको छ ।
त्रियुगा १२ का सहायक निर्वाचन अधिकृत दिलिप थापामगरका अनुसार वडानं १२ मा कुनै पनि विद्यालय नरहेकाले नजिकमा रहेको वडा नं १३ को विद्यालय रोजिएको हो । उक्त विद्यालयमा चार वटा मतदान केन्द्र रहेका छन् । वरपिपल मावि सभाहल मतदान स्थलमा व्यवस्थित लाइनका लागि बाँसको बारबेरादेखि लिएर सुरक्षा लगायतका कार्यको तयारी पूरा भएको उनले बताए । मतदानस्थलमा नै मतगणना कार्य हुने भएकाले जाली लगायत सीसी क्यामेराहरु जडान गरिएको उनले बताए ।
बेलकामा तीन वटा मतदान केन्द्र रहने निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार मतगणना नगरपालिकाको सभाहलमा गरिने छ । त्रियुगामा १ स्वतन्त्रसहित ९ जनाले र बेलका नगरपालिका-९ मा ७ जना प्रतिस्पर्धामा छन् । त्रियुगामा नेकपा एमालेका लक्ष्मीनारायण चौधरी, नेपाली काँग्रेसका सन्जिव काफ्ले, नेकपा माओवादी केन्द्रका नविनकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलको उम्मेदवारी रहेको छ ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरी, राप्रपाका लालबाबु साह, जनमत पार्टीका प्रमोद मलाह सहनी, नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी र स्वतन्त्रबाट वजरंगीकुमार दाशको उमेदवारी रहेको छ ।
त्यस्तै बेलका ९ मा नेकपा एमालेका मोहन खड्का, नेपाली कांग्रेसका नवराज बस्नेत, नेकपा माओबादी केन्द्रका भरत घिमिरेले प्रतिस्पर्धामा छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाइजेसन पार्टीका सुरे तामाङको उम्मेदवारी रहेको छ ।
गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरू त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: