Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी

खबरडबली संवाददाता

सुर्खेत । ०७९ को निर्वाचनको परीणामका आधारमा कर्णालीमा चौथो दलका रुपमा रहेको एकीकृत समाजवादी मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि अधिकांश स्थानमा उमेदवार विहीन भएको छ  ।

८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरूले समेत उम्मेदवार उठाउँदा एकीकृत समाजवादीले ८ मध्ये तीन ठाउँमा मात्रै उम्मेदवारी दर्ता गराएको थियो ।

निर्वाचन आयोगका अनुसार एकीकृत समाजवादीबाट दैलेखको महावु गाउँपालिकाको अध्यक्षका लागि जगतबहादुर हमाल, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा ज्योति घर्ती र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ को अध्यक्षमा हंसराज पुरीको उम्मेदवारी दर्ता छ ।

यद्यपि यी तीन वटै ठाउँमा समाजवादी संगठनात्मक र जनमतका हिसाबले निकै कमजोर छ । एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दा समाजवादीले यी तीनै स्थानमा जित्न सक्ने अवस्था छैन ।

त्यस बाहेक ५ वटा ठाउँमा समाजवादीको उम्मेदवारी दर्ता भएको छैन । दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा ०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका भीम प्रसाद शर्माले ३६ मत पाएका थिए । यहाँ अहिले एकीकृत समाजवादीले उम्मेदवार नै उठाएन ।


यद्यपि यी तीन वटै ठाउँमा समाजवादी संगठनात्मक र जनमतका हिसाबले निकै कमजोर छ । एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दा समाजवादीले यी तीनै स्थानमा जित्न सक्ने अवस्था छैन ।

आइतबार कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । कर्णालीमा एक नगरपालिकाको उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीले माओवादीका उम्मेदवार देवकी तिमिल्सिनालाई नै सहयोग गर्ने भनेर उम्मेदवार नउठाएको बताइन्छ । यस्तै नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि पनि एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गरेको छैन ।

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा ६ वटा दलले उम्मेदवारी दिएका छन् । यहाँ एमाले, नेमकिपा, रास्वपा, राप्रपा, माओवादी, कांग्रेस लगायतका ठुलासाना दलहरूले उम्मेदवारी दर्ता गराउँदा एकीकृत समाजवादीले भने उम्मेदवारी दिएन । समाजवादीका कालिकोट जिल्ला अध्यक्ष चित्रसिं गाउँलेले तिलागुफामा संगठन कमजोर रहेको स्वीकार गरे ।

समाजवादीबाट उम्मेदवारी दर्ता भएका तीन ठाउँमध्ये रुकुम पश्चिम सानोभेरी–५ र त्रिपुरासुन्दरी नगरपालिका–५ मा एकीकृत समाजवादीले आफ्ना उम्मेदवारलाई माओवादी केन्द्रका उम्मेदवारको पक्षमा समर्थन जनाउन निर्देशन दिएको छ । समाजवादीका प्रदेश सचिव धीरबहादुर विष्टले भने, ‘रुकुम पश्चिम र डोल्पामा हाम्रो संगठन कमजोर रहेकोले माओवादी उम्मेदवारलाई सहयोग गर्ने, दैलेख महावुमा हामीलाई सहयोग गर्ने भन्ने कुरा भएको थियो ।’

यद्यपि महावु गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका उक्त पार्टीका जगतबहादुर हमालले एमालेबाट उम्मेदवार बनेका जंगबहादुर शाहीलाई समर्थन जनाएका छन् । उनले सार्वजनिक रुपमै शाहीलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । शाही उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिन अघिमात्रै एमालेमा प्रवेश गरेका थिए ।

समाजवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी एमालेबाट उम्मेदवार बन्न पाउने भएपछि समाजवादीको प्रदेश अधिवेशन चलिरहेकै बेला दैलेख पुगेर एमालेमा प्रवेश गरेका थिए ।

शाहीले भने, ‘हामीले सल्लाहमै उम्मेदवारी दिएको हो, उहाँले समर्थन गरिसक्नु भएको छ ।’

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी हमालले पार्टीको नीति, विधि, विधान विपरित काम गरेको बताउँछन् । अन्य ठाउँको तुलनामा महावुमा एकीकृत समाजवादीको जनमत बढी थियो । यहाँ ०७९ को स्थानीय तहको निर्वाचनमा सोही पार्टीबाट अध्यक्षका लागि उम्मेदवार बनेका शाहीले माओवादीसँगको तालमेलमा २ हजार २६८ मत प्राप्त गरेका थिए ।

समाजवादीका एक नेता भन्छन्, ‘अहिले उपनिर्वाचन हुन लागेका अधिकांश ठाउँमा हाम्रो संगठन छैन, उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धा नै गर्ने हो भने पनि हामीले जित्न सक्ने अवस्था थिएन ।’

कर्णाली तत्कालीन नेकपा हुँदै एमाले विभाजनको केन्द्रविन्दु हो । तत्कालीन एमालेका नेताहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाहीले ‘फ्लोर क्रस’ गरेर पार्टी निर्णय विपरीत तत्कालीन माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेर पद बचाइदिएका थिए ।

त्यही नै एमाले विभाजनको विन्दु थियो । एमाले विभाजनपछि अन्तभन्दा समाजवादी सांगठनिक रुपमा कर्णालीमै राम्रो थियो । यद्यपि पछिल्लो समय धेरै नेता, कार्यकर्ताहरू एमाले फर्किसकेका छन् । जसका कारण समाजवादी पार्टी कमजोर हुँदै गएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending