Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी

खबरडबली संवाददाता

सुर्खेत । ०७९ को निर्वाचनको परीणामका आधारमा कर्णालीमा चौथो दलका रुपमा रहेको एकीकृत समाजवादी मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि अधिकांश स्थानमा उमेदवार विहीन भएको छ  ।

८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरूले समेत उम्मेदवार उठाउँदा एकीकृत समाजवादीले ८ मध्ये तीन ठाउँमा मात्रै उम्मेदवारी दर्ता गराएको थियो ।

निर्वाचन आयोगका अनुसार एकीकृत समाजवादीबाट दैलेखको महावु गाउँपालिकाको अध्यक्षका लागि जगतबहादुर हमाल, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा ज्योति घर्ती र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ को अध्यक्षमा हंसराज पुरीको उम्मेदवारी दर्ता छ ।

यद्यपि यी तीन वटै ठाउँमा समाजवादी संगठनात्मक र जनमतका हिसाबले निकै कमजोर छ । एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दा समाजवादीले यी तीनै स्थानमा जित्न सक्ने अवस्था छैन ।

त्यस बाहेक ५ वटा ठाउँमा समाजवादीको उम्मेदवारी दर्ता भएको छैन । दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा ०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका भीम प्रसाद शर्माले ३६ मत पाएका थिए । यहाँ अहिले एकीकृत समाजवादीले उम्मेदवार नै उठाएन ।


यद्यपि यी तीन वटै ठाउँमा समाजवादी संगठनात्मक र जनमतका हिसाबले निकै कमजोर छ । एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दा समाजवादीले यी तीनै स्थानमा जित्न सक्ने अवस्था छैन ।

आइतबार कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । कर्णालीमा एक नगरपालिकाको उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीले माओवादीका उम्मेदवार देवकी तिमिल्सिनालाई नै सहयोग गर्ने भनेर उम्मेदवार नउठाएको बताइन्छ । यस्तै नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि पनि एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गरेको छैन ।

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा ६ वटा दलले उम्मेदवारी दिएका छन् । यहाँ एमाले, नेमकिपा, रास्वपा, राप्रपा, माओवादी, कांग्रेस लगायतका ठुलासाना दलहरूले उम्मेदवारी दर्ता गराउँदा एकीकृत समाजवादीले भने उम्मेदवारी दिएन । समाजवादीका कालिकोट जिल्ला अध्यक्ष चित्रसिं गाउँलेले तिलागुफामा संगठन कमजोर रहेको स्वीकार गरे ।

समाजवादीबाट उम्मेदवारी दर्ता भएका तीन ठाउँमध्ये रुकुम पश्चिम सानोभेरी–५ र त्रिपुरासुन्दरी नगरपालिका–५ मा एकीकृत समाजवादीले आफ्ना उम्मेदवारलाई माओवादी केन्द्रका उम्मेदवारको पक्षमा समर्थन जनाउन निर्देशन दिएको छ । समाजवादीका प्रदेश सचिव धीरबहादुर विष्टले भने, ‘रुकुम पश्चिम र डोल्पामा हाम्रो संगठन कमजोर रहेकोले माओवादी उम्मेदवारलाई सहयोग गर्ने, दैलेख महावुमा हामीलाई सहयोग गर्ने भन्ने कुरा भएको थियो ।’

यद्यपि महावु गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका उक्त पार्टीका जगतबहादुर हमालले एमालेबाट उम्मेदवार बनेका जंगबहादुर शाहीलाई समर्थन जनाएका छन् । उनले सार्वजनिक रुपमै शाहीलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । शाही उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिन अघिमात्रै एमालेमा प्रवेश गरेका थिए ।

समाजवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी एमालेबाट उम्मेदवार बन्न पाउने भएपछि समाजवादीको प्रदेश अधिवेशन चलिरहेकै बेला दैलेख पुगेर एमालेमा प्रवेश गरेका थिए ।

शाहीले भने, ‘हामीले सल्लाहमै उम्मेदवारी दिएको हो, उहाँले समर्थन गरिसक्नु भएको छ ।’

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी हमालले पार्टीको नीति, विधि, विधान विपरित काम गरेको बताउँछन् । अन्य ठाउँको तुलनामा महावुमा एकीकृत समाजवादीको जनमत बढी थियो । यहाँ ०७९ को स्थानीय तहको निर्वाचनमा सोही पार्टीबाट अध्यक्षका लागि उम्मेदवार बनेका शाहीले माओवादीसँगको तालमेलमा २ हजार २६८ मत प्राप्त गरेका थिए ।

समाजवादीका एक नेता भन्छन्, ‘अहिले उपनिर्वाचन हुन लागेका अधिकांश ठाउँमा हाम्रो संगठन छैन, उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धा नै गर्ने हो भने पनि हामीले जित्न सक्ने अवस्था थिएन ।’

कर्णाली तत्कालीन नेकपा हुँदै एमाले विभाजनको केन्द्रविन्दु हो । तत्कालीन एमालेका नेताहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाहीले ‘फ्लोर क्रस’ गरेर पार्टी निर्णय विपरीत तत्कालीन माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेर पद बचाइदिएका थिए ।

त्यही नै एमाले विभाजनको विन्दु थियो । एमाले विभाजनपछि अन्तभन्दा समाजवादी सांगठनिक रुपमा कर्णालीमै राम्रो थियो । यद्यपि पछिल्लो समय धेरै नेता, कार्यकर्ताहरू एमाले फर्किसकेका छन् । जसका कारण समाजवादी पार्टी कमजोर हुँदै गएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending