भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्टार क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्दै ‘ए’ डिभिजनमा प्रवेश गरेकोे हो । बुधबारको खेलसँगै डिभिजन ‘बी’का सबै खेलहरु सकिएका छन् । डिभिजन ‘बी’बाट बुटवल राइनोजसँगै प्रोफेसनल मास्टर्स–११ ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । अन्य टिम भने ‘बी’ डिभिजनमै रोकिएका छन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय २७ रनको योगफल बनायो । उसका लागि सुरज सारुले अविजित ३७, अपर्ण तिमिल्सिनाले १८, विपिनविक्रम शाहीले १६ र सनित श्रेष्ठले १२ रन बनाए । बलिङमा स्टार क्रिकेटका क्रिविन श्रेष्ठले ३ तथा शुभम खनाल, निरज मौर्य र राहुल नाउले समान २–२ विकेट लिए ।
जावाफी ब्याटिङ गरेको स्टार क्रिकेट क्लब ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर ९४ रनमै अलआउट भयो । उसका लागि शुभम खनालले २०, राहुल नाउले १७, क्ररम खानले १२ र राहुल वली क्षेत्रीले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टिम पराजित भई ‘ए’ डिभिजनमा उक्लिने सपना अधुरो रह्यो । उसलाई सस्तैमा रोक्न बुटवल राइनोजका शुभम घमालले ३, विपिनविक्रम शाही र सुप्रिम कँडेलले २–२ तथा सुरज सारु र शिव कुँवरले १–१ विकेट लिए । खेलमा बुटवल राइनोजका सुरज सारु प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी मध्ये १० टिम ‘बी’ डिभिजनमै रोकिँदा बाँकी १० टिम भने नेपाल सुपरलिगपछि आयोजना हुने ‘ए’ डिभिजनका खेलहरुमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: