काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।
मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त सचिव डा.टङ्क बारकोटीले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको जानकारी दिए । सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरुलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ ।
प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालासँग आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माणमा सम्मेलन कोशेढुङ्गा सावित हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा.भीमप्रसाद सापकोटा बताए । डिजिटल उपकरण र प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा ल्याउनसक्ने सुधार र प्रभावबारे पहिचान तथा प्रवासी समुदायसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरुबारे सम्मेलनमा छलफल गरिने जनाइएको छ ।
मन्त्रालयले अनुसन्धान, शिक्षा र स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन अघि बढाउन अनुसन्धान र शैक्षिक पहललाई प्रोत्साहन गर्ने तथा सबै स्वास्थ्यकर्मी, अनुसन्धनाकर्ता संस्थाहरु र विश्वका ९० भन्दाबढी मुलुकमा रहेका स्वास्थ्यसम्बन्धी विषयमा क्रियाशील प्रवासी नेपालीको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: