Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिन जाेड

खबरडबली संवाददाता

काठमाडौं ।  मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम थारूले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले आयोजना गरेको एक दिने किशोरी सशक्तीकरणसम्बन्धी कार्यक्रममा उनले सुख, शान्ति र समृद्धिका लागि परिवारभित्रै हिंसा अन्त्य हुनुपर्ने कुरा औँल्याए ।  उनले भने, ‘हिंसा अन्त्य गर्न संस्कार र शिक्षाको आवश्यकता पर्छ ।’

त्यस्तै वडा सदस्य रेनु थारूले स्थानीय तहलाई बालमैत्री बनाइ बालबालिकाको हितमा काम गर्ने बताएकी छन् । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नगरीक सेलका प्रमुख विन्दु विश्वकर्माले हिंसाको बारेमा बालबालिकालाई अभिभावकले नै सचेत गराउनुपर्ने बताईन् । उनले भनिन्, ‘बालबालिकाहरूलाई व्यवहारिक सिकाइ सिकाउने अभिभावक हुन् । उनीहरूको दैनिक गतिविधिमा अभिभावकले ध्यान दिनुपर्छ ।’

‘अभिभावकले आफ्ना सन्तान दुर्व्यसनमा फस्न सक्ने स्थितिबाट जोगाउनुपर्छ । बालविवाह गर्दाका बेफाइदाका बारेमा सजग गराउनुपर्छ, विन्दुले थपिन्, ‘साथै, अन्यायमा परेको अवस्थामा कानुनी उपचारमा जान सकिने जस्ता कुराहरू सिकाउनुपर्छ ।’

त्यस्तै कार्यक्रम अधिकृत राधा बोटेले बालबालिका तथा महिला माथि हुने हिंसा अन्त्यको लागि समाजका सबैले तहले हातेमालो गर्नुपर्ने बताएकी छन् । उनले भनिन्, ‘कुनै एक संस्था वा व्यक्तिको पहलले मात्रै समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिदैन । समाजका हरेक तह र तप्काले यसको अन्त्यको लागि पहल गर्नुपर्छ ।’

कार्यक्रममा किशोरी अभियन्ता तिरिया महतोले आफ्नो अनुभव सुनाउँदै विद्यालय तहदेखि समुदायस्तरमा लैङ्गिक हिंसासम्बन्धी विभिन्न कार्यक्रमभर गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् । 

‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित ‘म हिंसा गर्दिन, गरेको पनि सहन्न र हिंसा गरेको थाहा पाएमा उजुरी गर्नेछु’  भन्नेमा सबैले प्रतिबद्धताका जनाएका छन् ।  

कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान वडा र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सम्पन्न गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending