काठमाडौं । मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम थारूले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले आयोजना गरेको एक दिने किशोरी सशक्तीकरणसम्बन्धी कार्यक्रममा उनले सुख, शान्ति र समृद्धिका लागि परिवारभित्रै हिंसा अन्त्य हुनुपर्ने कुरा औँल्याए । उनले भने, ‘हिंसा अन्त्य गर्न संस्कार र शिक्षाको आवश्यकता पर्छ ।’
त्यस्तै वडा सदस्य रेनु थारूले स्थानीय तहलाई बालमैत्री बनाइ बालबालिकाको हितमा काम गर्ने बताएकी छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नगरीक सेलका प्रमुख विन्दु विश्वकर्माले हिंसाको बारेमा बालबालिकालाई अभिभावकले नै सचेत गराउनुपर्ने बताईन् । उनले भनिन्, ‘बालबालिकाहरूलाई व्यवहारिक सिकाइ सिकाउने अभिभावक हुन् । उनीहरूको दैनिक गतिविधिमा अभिभावकले ध्यान दिनुपर्छ ।’
‘अभिभावकले आफ्ना सन्तान दुर्व्यसनमा फस्न सक्ने स्थितिबाट जोगाउनुपर्छ । बालविवाह गर्दाका बेफाइदाका बारेमा सजग गराउनुपर्छ, विन्दुले थपिन्, ‘साथै, अन्यायमा परेको अवस्थामा कानुनी उपचारमा जान सकिने जस्ता कुराहरू सिकाउनुपर्छ ।’
त्यस्तै कार्यक्रम अधिकृत राधा बोटेले बालबालिका तथा महिला माथि हुने हिंसा अन्त्यको लागि समाजका सबैले तहले हातेमालो गर्नुपर्ने बताएकी छन् । उनले भनिन्, ‘कुनै एक संस्था वा व्यक्तिको पहलले मात्रै समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिदैन । समाजका हरेक तह र तप्काले यसको अन्त्यको लागि पहल गर्नुपर्छ ।’
कार्यक्रममा किशोरी अभियन्ता तिरिया महतोले आफ्नो अनुभव सुनाउँदै विद्यालय तहदेखि समुदायस्तरमा लैङ्गिक हिंसासम्बन्धी विभिन्न कार्यक्रमभर गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।
‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित ‘म हिंसा गर्दिन, गरेको पनि सहन्न र हिंसा गरेको थाहा पाएमा उजुरी गर्नेछु’ भन्नेमा सबैले प्रतिबद्धताका जनाएका छन् ।
कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान वडा र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सम्पन्न गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: