Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्र बाजुरामा विवाद

खबरडबली संवाददाता

बाजुरा । स्वामिकार्तिक गाउँपालिकाका उपाध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र बाजुरामा विवाद बढेको छ । आधिकारीक उम्मेदवारले नेकपा एमालेकी उम्मेदवारलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएपछि विवाद सुरु भएको हो । 

४ मंसिरमा स्वामिकार्तिकमा उपाध्यक्षका लागि माओवादीसहित पाँच दलले उम्मेदवारी दार्ता गरेका थिए । उम्मेदवारी दर्ता गरेको केही दिनपछि माओवादी  स्वामिकार्तिक गाउँ कमिटीले आफ्नो उम्मेदवारी फिर्ता गरेर एमालेकी उम्मेदवार सुलोचना बुढालाई समर्थन जनाएको थियो । 

पार्टीको तर्फबाट उम्मेदवार बनेकी राजुकुमारी विक (रचना)ले उम्मेदवारी फिर्ता गरेर एमालेलाई समर्थन गरेको भन्दै माओवादीका जिल्ला अध्यक्ष देवीचन्द्र बुढाले विज्ञप्तीमार्फत विरोध गरेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले सिफारिस गरि उम्मेदवारी दर्ता भएको थियो । ५ मंसिरमा उहाँले उम्मेदवारी फिर्ता गरेको कुरा सुन्नमा आएकोले यसप्रति पार्टीको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको र पार्टीको नीति निर्देशन विपरीत काम गर्नेहरूलाई कार्वाही गर्नेछ ।’

माओवादी बाजुरा जिल्ला कमिटी सचिव रमेश विकले भने पार्टीको स्वामिकार्तिक गाउँ कमिटीको निर्णयअनुसार माओवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमाले र माओवादीबिच केही सहमतिसहित एमालेको उम्मेदवारलाई समर्थन दिएको बताए । 

जिल्ला पार्टी सचिव विकले भने आफू गाउँपार्टीले गरेको निर्णय रक्षामा लागेको र जिल्ला अध्यक्ष देवीचन्द्र बुढा ब्यक्तिगत स्वार्थका कारण गाउँ कमिटीले गरेको निर्णयको विरोधमा लागेर विज्ञप्ति निकाल्दै हिडेको आरोप लगाए । स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष मैना जोसीको मृत्युपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending