Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

रौतहटकाे चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेज

खबरडबली संवाददाता

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र  रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशन गरेको छ । 

सहकारी शाखाले चन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा १, २, ३, ४, ५ र ७ तथा दफा ६७ उपदफा १, २ बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको उल्लेख गरिएको छ । पैंतीस दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाकपीलगायत आवश्यक कागजातसहित चन्द्रपुर नगरपालिका सहकारी शाखामा सम्पर्क गर्न सहकारी शाखाका प्रमुख शेख नसरे आलमले जानकारी दिए । 

तोकिएको समय सीमाभित्र सम्पर्क गर्न नसक्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने शाखा प्रमुख आलमले बताए । चन्द्रपुर नगरपालिकाको सहकारी शाखाद्वारा जारी पत्रमा चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, छहारी समाज कृषि सहकारी संस्था लि चन्द्रपुर ४, कामधेनु महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ५, देवी कृषि सहकारी संस्था लि चन्द्रपुर ४, सक्षम कृषि सहकारी संस्था लि चन्द्रपुर ४, अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, चाँदी स्वास्थ्य सहकारी संस्था लि चन्द्रपुर ४ खारेजीको प्रक्रियामा रहेको उनले जानकारी दिए । 

यसैगरी सयपत्री बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, सिद्धार्थ कृषि सहकारी संस्था लि चन्द्रपुर १०, पारिजात साथी कृषि सहकारी संस्था लि चन्द्रपुर १, कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लि चन्द्रपुर २, सगुन कृषि सहकारी संस्था लि चन्द्रपुर २, नुनथर कृषि सहकारी संस्था लि चन्द्रपुर २, आग्रह महिला विकास बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, डुमरिया महिला कृषि सहकारी संस्था लि चन्द्रपुर ९, शिवशक्ति कृषि सहकारी संस्था लि चन्द्रपुर १०, गढीमाई कृषि सहकारी संस्था लि चन्द्रपुर ९, रामायण कृषि सहकारी संस्था लि चन्द्रपुर ९ समेत खारेजीको प्रक्रियामा छन् । 

त्यस्तै कलश बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ९, शिव बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर १०, श्रमजीवी कृषि सहकारी संस्था लि चन्द्रपुर ९, गोधुली  कृषि सहकारी संस्था लि चन्द्रपुर ८, आशिक कृषि सहकारी संस्था लि चन्द्रपुर ८, वृन्दावन महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ८ र नुनथर सुचना तथा संचार सहकारी संस्था लि चन्द्रपुर चार गरेर २५ वटा सहकारी संस्थाको खारेजीको प्रक्रियाको लागि नगरपालिकाले नाम प्रकाशन गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: