Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने

खबरडबली संवाददाता

कैलाली । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । यस प्रदेशको कृषि, व्यापार, पर्यटन, उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गर्न लागेको हो । संघले २०६३ सालदेखि यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । 

महोत्सव आयोजनाका लागि तीन करोड रुपियाँ खर्च हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सवमा करिब १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरेको सङ्घका अध्यक्ष पुष्प कुँवरले बताए । 

महोत्सवमा कृषि, जडीबुटी, स्थानीय उत्पादन, अटो मोबाइल्स, होटल लगायतको गरी पाँच सय वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । यस वर्षको महोत्सव करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अध्यक्ष कुँवरले बताए । उनले महोत्सव तयारीको काम ७० प्रतिशत पूरा भइसकेको जानकारी दिए । 

महोत्सव उद्घाटनका लागि सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा दिएको छ । महोत्सव उद्घाटन अवसरमा प्रमुख अतिथिलाई १० किलोको फूलको माला लगाइने आयोजकले जानकारी दिएको छ । सुरुवाती चरणमा सङ्घले सुदूरपश्चिम प्रदेशको विकासका लागि राज्यसमक्ष २१ बुँदे माग राख्दै २१ किलोको फूलको माला लगाउने गरेको थियो । 

महोत्सवको १८ औं संस्करणसम्म आइपुग्दा अप्टिकल फाइबर, सुदूरपश्चिम विश्वविद्यालयलगायतका पाँच माग पूर्णरुपमा पूरा भएको सङ्घका महासचिव ओम विष्टले जानकारी दिए । उनले छ वटा माग पूरा हुने क्रममा रहेको र १० वटा माग अझै पूरा हुन बाँकी रहेको जानकारी दिए । 

गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गर्नुपर्ने, प्रदेश प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेज स्थापना, चीनसँग जोड्ने नाका खोल्नुपर्ने, प्रदेश सांस्कृतिक सङ्ग्रहालय निर्माणलगायतको माग पूरा हुन नसकेको सङ्घले जानकारी दिएको छ । 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने जनाइएको छ । यसैगरी थारु गाउँसमेत रहने सङ्घले जानकारी दिएको छ । महोत्सवको हरेक टिकट बिक्रीबाट केही रकम सामाजिक विकासको क्षेत्रका लागि छुट्टयाइने सङ्घका अध्यक्ष कुँवरले बताए । उनले महिलाको आर्थिक सामाजिक सशक्तीकरणका लागि प्रति टिकट दुई, सङ्घको विपद् व्यवस्थापन कोषका लागि पाँच र लागु औषध दुर्व्यसनविरुद्धको अभियानका लागि एक रुपियाँ छुट्याइने जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: