Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने

खबरडबली संवाददाता

कैलाली । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । यस प्रदेशको कृषि, व्यापार, पर्यटन, उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गर्न लागेको हो । संघले २०६३ सालदेखि यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । 

महोत्सव आयोजनाका लागि तीन करोड रुपियाँ खर्च हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सवमा करिब १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरेको सङ्घका अध्यक्ष पुष्प कुँवरले बताए । 

महोत्सवमा कृषि, जडीबुटी, स्थानीय उत्पादन, अटो मोबाइल्स, होटल लगायतको गरी पाँच सय वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । यस वर्षको महोत्सव करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अध्यक्ष कुँवरले बताए । उनले महोत्सव तयारीको काम ७० प्रतिशत पूरा भइसकेको जानकारी दिए । 

महोत्सव उद्घाटनका लागि सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा दिएको छ । महोत्सव उद्घाटन अवसरमा प्रमुख अतिथिलाई १० किलोको फूलको माला लगाइने आयोजकले जानकारी दिएको छ । सुरुवाती चरणमा सङ्घले सुदूरपश्चिम प्रदेशको विकासका लागि राज्यसमक्ष २१ बुँदे माग राख्दै २१ किलोको फूलको माला लगाउने गरेको थियो । 

महोत्सवको १८ औं संस्करणसम्म आइपुग्दा अप्टिकल फाइबर, सुदूरपश्चिम विश्वविद्यालयलगायतका पाँच माग पूर्णरुपमा पूरा भएको सङ्घका महासचिव ओम विष्टले जानकारी दिए । उनले छ वटा माग पूरा हुने क्रममा रहेको र १० वटा माग अझै पूरा हुन बाँकी रहेको जानकारी दिए । 

गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गर्नुपर्ने, प्रदेश प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेज स्थापना, चीनसँग जोड्ने नाका खोल्नुपर्ने, प्रदेश सांस्कृतिक सङ्ग्रहालय निर्माणलगायतको माग पूरा हुन नसकेको सङ्घले जानकारी दिएको छ । 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने जनाइएको छ । यसैगरी थारु गाउँसमेत रहने सङ्घले जानकारी दिएको छ । महोत्सवको हरेक टिकट बिक्रीबाट केही रकम सामाजिक विकासको क्षेत्रका लागि छुट्टयाइने सङ्घका अध्यक्ष कुँवरले बताए । उनले महिलाको आर्थिक सामाजिक सशक्तीकरणका लागि प्रति टिकट दुई, सङ्घको विपद् व्यवस्थापन कोषका लागि पाँच र लागु औषध दुर्व्यसनविरुद्धको अभियानका लागि एक रुपियाँ छुट्याइने जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending