काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ ।
यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक १५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको छ । दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिए । यस अवधिसम्म सडकको काम ६८ प्रतिशत सकिएको छ ।
पूर्वी खण्डमा अन्तिम कालोपत्रसमेत थालिएको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकबाट सत्र सय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको पाण्डेले बताए । यसअघि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम चरणको कालोपत्रको काम सुरु गरिएको जानकारी उनले दिए । उनले भने, ‘यसअघि सडकको मोटाइ ६ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप ४ सेन्टिमिटरको काम हुनेछ ।’ अन्तिम चरणको कालोपत्रअन्तर्गत हालसम्म २.४ किलोमिटरभन्दा बढीमा कालोपत्र सकिएको छ ।
पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेनको कालोपत्र भएको छ । पाण्डेले भने, ‘पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ । अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।’
पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि एक–दुई दिनभित्र कालोपत्रको काम सुरु गर्ने तयारी रहेको पाण्डेले बताए । दमौली बजारमा पनि सडक विस्तारका लागि अहिले नाला बनाउने काम भइरहेको छ ।
दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
वि।सं। २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ लागेको छ ।
पश्चिम खण्डतर्फ हालसम्म ३२ प्रतिशत प्रगति भएको छ । पश्चिमखण्ड ९जामुने–पोखरा०को म्याद आगामी डिसेम्बर ६ सम्म बाँकी छ । तर उक्त अवधिसम्म काम नसकिने भएपछि ठेकेदार कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: