Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

डन भएको भन्दै युवकको अपहरण गर्ने तीन जना पक्राउ

खबरडबली संवाददाता

कैलाली । कैलाली प्रहरीले युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी छन् ।

उनीहरूलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । 

बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय राजेश खड्का (नाम परिर्वन) र कबेदारस्यु गाउँपालिका–६ बस्ने १७ वर्षीय राकेश धामी (नाम परिवर्तन) रहेको एसपी बिष्टले बताए । 
उनीहरू दुवै जनालाई आइतबार साँझ धनगढीस्थित कोठाबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको पाइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए । 

कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले धामी र खड्कालाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिन्छ । यसअघि उनीहरूको कोठामा प्रवेश गरेर लुगा धुने काममा लगाउने तथा जबरजस्ती खाना चोरेर लैजाने गरेका थिए । उनीहरूले कोठाबाट कपडा र नगद समेत चोरी गरेर लगेको पाइएको प्रहरीले जनाएको छ । 

यस्तै, सोही समूहले एक हप्ता अघि कैलालीको गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय योगेन्द्र शाहीलाई समेत अपहरण गरेर शिवपुरी जंगलमा लगि कुटपिट गरेका खुलेको छ । विवाहमा विवाद भएको निहुँ पारेर पक्राउ परेका मध्येका विवेक खड्काकै समूहले शाहीलाई अत्तरियाबाट अपहरण गरी शिवपुरी जंगलमा बन्धक बनाएर अर्धनग्न पारेर कुटपिट गरेका थिए । 

खड्काको समूहले डन हौँ भन्दै युवालाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्दै लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending