नवलपुर। काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ । लु २ ख २१४१ नं। को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्घाखाँची मालारानी ४ का ६३ वर्षीय शोभाखर खनाल तथा ७ का ३१ वर्षीय वसन्त घिमिरे, मदाने ८ का ६४ वर्षीया सरिता घिमिरे र सन्धिखर्क ८ का ६६ वर्षीया सुनीतादेवी भुसाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए।
घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना यात्रु सवार थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य यात्रुलाई अर्को सवारी साधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ ।
यस्तै विवाहका लागि कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको लु २ ख ४३७५ नं।को बसले सोही दिशामा गुडिरहेको ना ४ ख ६४२२ नं। को बसलाई बिहान कावासोती ८ खरकट्टा जङ्गलमा ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा कावासोती ५ पश्चिम टोल बस्ने ५२ वर्षीया कालीमाया सोमै र देवचुली ५ केउरेनीका ४४ वर्षीया गोमा सुवेदी घाइते भएको छन । घाइते दुबै जनाको नवलपुर अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १०:५६
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...
आषाढ़ २२ गते, २०८३ - १०:३९
काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...



प्रतिकृया लेख्नुहोस्: