Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइयो

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा प्रथम दुखान्त नाटककार स्वर्गीय पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइएको छ। बिहीबार विविध कार्यक्रमका साथ जन्मजयन्ती मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक गणेशराज जोशीले स्वारको योगदानको चर्चा गरेका थिए। 'स्वारले तत्कालीन समयमा नेपाली साहित्य लेखनमा गरेको योगदान अद्वितीय र आश्चर्यजनक छ। उहाँले नेपालको शिक्षा प्रणालीमा देखिएको पाठ्यपुस्तकको अभावलाई अकेन्दूशेकर लेखेर नेपालको शैक्षिक आन्दोलन र अभियानमा विशिष्ट योगदान पुर्‍याउनु भएको छ,' जोशीले भने।

स्वारको अटलबहादुर प्रथम दुखान्त नाटक भएको उनले स्मरण गरे। लालुभाका र गजलमा समेत स्वारले कलम चलाएको उनले बताए।

नेपाली साहित्यको उन्नयनमा त्यो समयमा सुदूरपश्चिमबाट स्वार जस्तो बहुआमिक स्रष्टा जन्मिनु सबैका लागि  गौरवको विष भएको उनको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि पत्रकार मनमोहन स्वारले त्यो समयमा पहलमानसिंह जस्ता अग्रजले यस क्षेत्रको सांस्कृतिक श्रीवृद्धिमा गरेको साधनालाई सुदूरपश्चिमा वर्तमानमा अपेक्षितरूपमा अभिलेखिकरण हुन नसकेको बताए। 

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मनतव्य उपाध्यक्ष टोपेन्द्र शाह 'रसिक'ले राखेका थिए। महासचिव गणेश नेपालीले सञ्चालन गरेको कार्यक्रमको संयोजन सदस्य प्रेम विवश चन्दले गरेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending