काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कु’ प्रयास गरेको आरोप लागेको छ । प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ को यो घटनाको अनुसन्धानको नतिजा पेश गरेपछि यस्तो खुलासा भएको हो ।
अनुसन्धानको रिपोर्टमा बोल्सोनारोले आफ्नो प्रतिद्वन्द्वी, वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा (वर्तमान राष्ट्रपति) लाई २०२२ मा भएको चुनावमा पराजयको बाबजुद पदमा रहन खोजेका थिए ।
पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्धको आरोपको सम्बन्धमा, ब्राजिल प्रहरीले पूर्व राष्ट्रपति जैर बोल्सोनारो र अन्य ३६ जना व्यक्तिलाई 'कू' को प्रयास गरेको आरोप लगाएको छ । जस अनुसार २०२२ को चुनावमा पराजयपछि पदमा रहन बोल्सोनारोले आफ्ना सहयोगीहरूसँग मिलेर कूको प्रयास गरेका थिए ।
यस विषयमा वर्तमान राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले त्यति बेला आफुलाई विष खुवाउने प्रयास समेत भएको खुलासा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले आफूलाई ‘विष’ दिने प्रयास सफल नभएको बताएका हुन् । लगभग दुई वर्ष अघि राष्ट्रपति बनेपछि यो पहिलो पटक हो ।
लुलाले सार्वजनिक रूपमा 'सन् २०२२ मा उनको हत्या गर्ने कथित षड्यन्त्रको बारेमा टिप्पणी गरेका छन् । ७९ वर्षीय लुलाले जनवरी २०२३ मा दोस्रो पटक ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि अहिलेसम्म यस विषयमा कुनै बयान दिएका थिएनन् । लुला सन् २००३ देखि २०११ सम्म राष्ट्रपति पनि थिए ।
रिपोर्टका अनुसार प्रहरीले आफ्नो अनुसन्धानको नतिजा ब्राजिलको सर्वोच्च अदालतमा पेश गरेपछि अब यी आरोप स्वीकार गरेमा पूर्व राष्ट्रपतिविरुद्ध मुद्दा चलाइनेछ।
बोल्सोनारोविरुद्ध ब्राजिलमा हीरा गहना तस्करीमा समेत सामेल भएको विषयमा अनुसन्धान भएको बताइएको छ । प्रहरीका अनुसार गहनाहरु कुनै जानकारी नदिई ब्राजिल ल्याइएको थियो । यसबाहेक आफ्ना मातहतका कर्मचारीलाई दबाब दिएको पनि आरोप छ । यस आरोपका अनुसार, बोल्सोनारोले मानिसहरूलाई कोरोना महामारीको समयमा आफ्नो र अरूको कोभिड खोपको स्थितिलाई झूटो बनाउन निर्देशन दिएको आरोप छ ।
बोल्सोनारोले यी सबै मामिलामा संलग्नता अस्वीकार गरेका छन् ।
मंगलबार, संघीय प्रहरीले कथित रूपमा चार सैन्य कर्मचारी र एक संघीय प्रहरी अधिकारीलाई पक्राउ गरेको छ । उनीहरुमाथि २०२२ मा ‘कु’ षड्यन्त्र गरेको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: