Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

एजुकेशन प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’ अवार्ड

खबरडबली संवाददाता

 काठमाडौं। एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’  शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्धि हासिल गरेको छ ।

यो प्रतिष्ठित सम्मान एजेन्स एक्सिलेन्स अवार्ड २०२४ अन्तर्गत यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटिएस) ले प्रदान गरेको हो ।

यो पुरस्कारले दक्षिण एशियामा शैक्षिक परामर्श सेवामा उत्कृष्टता, विद्यार्थी सहयोग तथा विश्वव्यापी साझेदारीमा ई–प्लानेटको सफलतालाई सम्मानित गरेको ई–प्लानेटले एउटा प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ ।

यो पुरस्कार यूनिभर्सिटीका डेपुटी भाइस–चान्सलर तथा भाइस–प्रेसिडेन्ट (इन्टरनेशनल) इयान वाट तथा प्रो भाइस–चान्सलर (ग्लोबल पार्टनरसिप्स) लियो मियान लिउद्वारा ई–प्लानेटलाई प्रदान गरिएको हो । यो सम्मानलाई ई–प्लानेटले आफ्नो समर्पण, विद्यार्थीहरुको विश्वास तथा उत्कृष्ट शैक्षिक अवसर प्रदान गर्ने मिशनको प्रतिकको रुपमा लिएको जनाएको छ ।

‘यूटिएसबाट यो प्रतिष्ठित सम्मान प्राप्त गर्नु हाम्रो लागि गर्व र गौरवको कुरा हो । यसले हाम्रो टोलीको निरन्तर प्रयास, विद्यार्थीहरु तथा साझेदारहरुको विश्वास तथा दक्षिण एशियाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई प्रतिविम्बित गर्छ,’ ई–प्लानेटका कार्यकारी निर्देशक नयन लामिछानेले बताएका छन् ।

ई–प्लानेटले यो वर्ष आफ्नो २०औं वार्षिकोत्सव मनाइरहेको अवस्थामा यो पुरस्कारले संस्थाको यात्रामा अर्को एउटा महत्वपूर्ण उपलब्धि बनेको उल्लेख गर्दै यसले क्षेत्रीयस्तरमा शिक्षामूलक परामर्श सेवामा अग्रणी स्थानलाई अझ मजबुत बनाएको जनाएको छ ।

सन् २००५ मा स्थापना भएको एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएको छ । प्रमुख विश्वव्यापी संस्थाहरूसँगको साझेदारी र विद्यार्थीहरूको सफलताप्रति प्रतिबद्धताका साथ इ–प्लानेटले हजारौं विद्यार्थीहरूलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया र अन्य देशहरूमा सफलतापूर्वक पठाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending