काठमाडौं । फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नम्बर ५ घर भएका रुद्रबहादुर गुरुङ रहेका छन् ।
काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ हाइभिजनमा बस्दै आएका गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गुरुङले एक युवतीलाई फेसबुकमा नक्कली आइडी बनाएर २७ लाख ८३ हजार २०० रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
उनका अनुसार गुरुङले आफू फ्रान्स र सिंगापुरको लाहुरे रहेको भन्दै ती युवतीसँग चिनजान गरेका थिए । लाहुरेको कमाई आकर्षक हुने भएकाले गण्डकी प्रदेशकी ती युवती लोभिइहालिन् । ‘तिमीलाई मन पराउँछु, बिहे गरेर सिंगापुर लैजान्छु, सिंगापुर लैजानका लागि कागजातहरू बनाउनुपर्छ,’ गुरुङलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक आचार्यले भने, ‘त्यसबापत पैसा लाग्छ ।’
गुरुङले ती युवतीलाई काठमाडौं र चितवनका विभिन्न स्थानमा बोलाएका थिए । आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी उनले चेक तथा नगद १६ लाख ८३ हजार ६०० असुले । त्यस्तै, विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा इ-सेवा वालेटहरूमा १० लाख ९९ हजार ६०० रुपैयाँ जम्मा गर्न लगाए ।
रकम असुलेपछि गुरुङ बेपत्ता भए । यसपछि युवतीका आफन्त प्रहरीकहाँ पुगेका थिए । जाहेरी परेपछि प्रहरीले गुरुङको खोजी गरिरहेको थियो । उनलाई चन्द्रागिरिस्थित कोलोनीमा बसिरहेका बेला पक्राउ गरिएको आचार्यले बताए । गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: