Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

गण्डकी प्रदेश महोत्सव : जातीय परम्परागत घर अवलोकनकर्ताको रोजाइमा

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ । महोत्सवमा नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरूको मौलिक संस्कृति संरक्षण गर्न उनीहरूको परम्परागत घर नै बनाएर महोत्सव पुग्नेलाई सांस्कृतिक बोध गराइएको छ ।

महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरूले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण प्रदर्शनीसँगै मौलिक खाना प्रदर्शनी गरिएको छ । 
गत कात्तिक २६ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चेपाङ जातिको सांस्कृतिक घरसँगै उनीहरूको पोसाक, उनीहरूको खाद्यान्न बनतरुल, गिठा, भ्याकुर, पिँडालु र  स्याखु राखिएको छ । त्यस्तै, मगर जातिको सांस्कृतिक घरमा उनीहरूले प्रयोग गर्ने औजारहरू न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी राखिएको छ । त्यसैगरी, मगर जातिको पर्वहरूमा खाइने मासको बटुक त्यहीँ पकाउँदै आगन्तुकहरूको स्वागत गर्ने गरिएको नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष मस्राङ्गी मगरले बताए । 

महोत्सवको सांस्कृतिक समितिका संयोजकसमेत रहेका मगरले जनजातिहरूको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन महोत्सवमा सांस्कृतिक घरहरू राखिएको बताए । जातीय सांस्कृतिक घरसँगै ती जातिहरूले प्रयोग गर्ने परम्परागत सामग्री उपलब्ध भएसम्म राखिएको उनको भनाइ छ । “नयाँ पुस्ताले चासो नदिँदा आदिवासी जनजातिहरुको संस्कृति हराउँदै गइरहेको छ” उनले भने, “हाम्रो प्रयासले नयाँ पुस्तालाई संरक्षणप्रति जागरण आउनसक्छ भने अन्य समुदायका व्यक्तिहरूलाई हाम्रो संस्कृति बुझ्न सहज हुन्छ ।” 

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले आफूहरू आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणप्रति पनि सचेत रहेको बताए । “जातजातिहरुको सांस्कृतिक घरमा अवलोकनसँगै उनीहरूको संस्कृतिबारे र प्रयोग गर्ने सामग्रीको बारेमा समेत जानकारी लिन पाइन्छ” उनले भने, “जातीय खानाहरूसमेत सांस्कृतिक घरमा राखिएकाले फरक फरक संस्कृति एकैठाउँमा बुझ्न पाउने वातावरणसमेत बनेको छ ।” सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्नहरू प्रदर्शन तथा बिक्रीका लागि समेत राखिएको उनले जानकारी दिए । 

“थारुको सांस्कृतिक घरमा घोँङी, चिचर, हाँसका परिकार, ढिकर (चामलको पिठोलाई पानीको वाफमा उसिनेर पकाइने एकप्रकारको रोटी) प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ” अध्यक्ष भट्टचनले भने, “त्यहाँ उनीहरूले माछा मार्न प्रयोग गर्ने ढडीया, जाल, ढिकी, जाँतो, हलो, जुवा, नारा लगायतका परम्परागत औजारहरू समेत राखिएका छन् ।” पाँच वटै जातिका घरमा उनीहरूले प्रयोग गर्ने परम्परागत तर, लोपोन्मुख सामग्रीहरु प्रदर्शन गरिइएको छ । 

अध्यक्ष भट्टचनले जातजातिहरूको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका कारण यसको संरक्षणका लागि महोत्सवमा सांस्कृतिक घरहरू निर्माण गरिएको बताए । “परम्परागत बस्ती र संस्कृतिबारे अहिलेका पुस्तालाई जानकारी नै छैन” उनले भने, “उनीहरूलाई हाम्रो जातजातिको सांस्कृतिक कुराहरूसहित भेषभूषा, रहनसहनबारे जानकारी गराउने उद्देश्यले लोपोन्मुख जातिलाई समेटर यस्तो घर निर्माण गरिएको हो ।” मेला महोत्सवमा सांस्कृतिक घर निर्माण गरिँदा सबै समुदायलाई जातजातिको संस्कृति बारे जानकार र सचेत गराउन तथा संस्कृति पुस्ता हस्तान्तरणको लागि समेत महत्त्वपूर्ण हुने भट्टचनले बताए । 

महोत्सवको सांस्कृतिक समिति संयोजक मगरले नेपालको तराईदेखि पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेटेर महोत्सवमा सांस्कृतिक घर निर्माण गरिएको बताए । पहाडका गुरुङ, मगर तामाङ, भावर क्षेत्रका चेपाङ तथा तराईका थारु समुदायका कला, संस्कृति र उनीहरूको रहनसहन झल्किने सांस्कृतिक घरले इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षण समेत बढाएको मगरले बताए । अहिलेका युवा पुस्ताले सुन्ने गरेको तर पहिले प्रयोगमा आउने गिठा, भ्याकुरको स्वाद लिन र संस्कृतिबारे प्रत्यक्ष अवलोकन गरेर बुझ्नका लागि सांस्कृतिक घरमा दर्शकहरू आउने गरेको उनले बताए । 

आदिवासी जनजाति महासङ्घ गैँडाकोटका पूर्वनगर अध्यक्ष ललितबहादुर गुरुङले जनजातिको मात्रै नभएर क्षेत्री, ब्राह्मण समुदायका सांस्कृतिक घरहरू समेत मेला महोत्सवमा राख्नुपर्ने बताए । “क्षेत्री, ब्राह्मण समुदायको समेत आफ्नै खालको कला र संस्कृति हुन्छ, ती लोप हुने अवस्थामा पुगेका छन् ।” आफ्नो कला र संस्कृति सबैलाई प्यारो हुने उल्लेख गर्दै मेला महोत्सवमा राखिने सांस्कृतिक पहिचानले एकअर्काको संस्कृति बुझ्न तथा नेपालीहरूको बिचमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन अझ मद्दत पुग्ने पूर्व अध्यक्ष गुरुङको भनाइ छ । 

अन्यत्रबाट आएर नवलपुरमा बसोबास गर्दै आएका जातजातिको पहिचान र उनीहरूको मौलिकताका लागि सांस्कृतिक घर निर्माणमा पहल गरेको उनले बताए । आफूहरूको संस्कृति लोप हुने अवस्थामा पुगेका कारण हरेक दर्शकले देखुन् र जान्न पाउन् भन्नकै लागि महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरूको रहनसहन झल्किने परम्परागत औजार तथा खाद्यान्नहरू राखिएको गुरुङको भनाइ छ । यस महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरी सुरुमै निर्माण गरिएकाले पनि चासोका साथ यसलाई लिइएको छ । 

निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरूको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालिगडहरू प्रयोग गरिएको थियो । 

चितवनको भरतपुरमा महोत्सव हेर्न आउनुभएको युवा रामप्रसाद खनालले महोत्सवमा रहेका सांस्कृतिक घरले जनजातिको कला र संस्कृतिबारे नजिकबाट बुझ्न आफूलाई मद्दत गरेको बताए । “भावर क्षेत्रमा बसोबास गर्ने चेपाङको बारेमा धेरै सुनेको थिएँ, उनीहरूले खाने कन्दमूलको बारेमा सुनेको थिएँ, तर देख्न पाएको थिइनँ” खनालले भने, “गण्डकी प्रदेश महोत्सवमा आएर चेपाङसहित अन्य जातिको जातीय पहिचानको बारेमा प्रत्यक्षरुपमा देख्न र बुझ्न पाएँ ।” महोत्सवमा उनले जनजातिको परम्परागत घरसँगै उनीहरूको मौलिकता झल्किने खाना तथा संस्कृति राखिनु संस्कृति संरक्षणको राम्रो प्रयास भएको बताए । 

कास्कीको पोखराबाट यस महोत्सवमा पुग्नुभएकी सुजाता कुँवरले जीवनमा कहिल्यै अनुभव नगरेको ढिकर, घोँङी देख्न र चाख्न पाउँदा रमाइलो लागेको बताए । “हाम्रो मौलिकता झल्किने सामग्रीहरूले हाम्रो इतिहास, कला र संस्कृतिबारे बुझ्न त मद्दत गरेकै हुन्छ” उनले भने, “त्यसका साथ साथै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका सँगै संस्कृति संरक्षणमा समेत महत्त्वपूर्ण टेवा पुर्‍याएको हुन्छ ।” संस्कृति बुझ्न र उनीहरूले प्रयोग गर्ने परिकार पकाएको र पकाउने तरिकाबारे बुझ्दा खानाका पारखीहरूका लागि फाइदा पुग्ने उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: