बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् ।
“लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिएका साइलाले भने, “सानोले आफूभन्दा ठुलालाई हान्न लाग्यो भने रु १० हजार छ भने त्यसको मूल्य रु २५–३० हजार भइहाल्छ ।”
जानकी गाउँपालिका–६ कपासीबाट भेडा जुधाउन आएका सर्नाम खाँले यो खेल सौखका लागि हुने गरेको बताए । “भेडा लडाउने हाम्रो सौख हो, पाल्ने, लडाउने हारेपछि बुच्चडलाई दिने”, खाँले भने, “लडाकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।” उनका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडा गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु ३० हजार पर्छ ।
भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरेको जानकी–४ का भेडापालक किसान दौलतप्रसाद यादवले बताए ।
मेलामा भेडापालक किसान स्वस्फूर्त रूपमा भेडा जुधाउन आउने गरेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक टीकाराम यादवको भनाइ छ । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उनले बताए ।
जानकी गाउँपालिका–५ स्थित गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम यादवले प्रत्येक वर्ष आउने गरेको बताए ।
गुरुवागाउँका ९५ वर्षीय भगौतिप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताए । “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैन्थ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन्”, उनले भने । भेडा जुधाइ शनिबारसम्म चल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: