Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

न्यूजील्याण्डकी कान्छी सांसद हाना र हाका नृत्यको विश्वभर चर्चा

खबरडबली संवाददाता

काठमाडौं । न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी क्लार्क संसदमा गरेको उनको विरोधको शैलीका कारण विश्वभर चर्चामा छिन् ।संसदभित्रको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

न्युजील्याण्डकी सांसद हाना संसदमा आदिवासी सन्धि विधेयक च्यातेपछि चर्चामा आएकी हुन् । बिहीबार न्यूजील्याण्डको संसदमा हानाको क्रोधित रुप देखियो । जसको भिडियो अहिले भाइरल भइरहेको छ । न्यूजील्याण्डको संसद बैठकको भिडियो हेरेर सबै छक्क परेका छन् ।

संसदमा आदिवासी सन्धि सम्बन्धि विधेयकमा मतदान गर्न सांसदहरू संसदमा भेला भएका थिए, तर देशकै कान्छी महिला सांसद हानाले बोल्ने मौका पाएपछि पहिले उभिइन्, आक्रोश देखाइन् र विधेयकको प्रति च्यातिन् । त्यसपछि उनले हाका र परम्परागत माओरी नृत्य प्रदर्शन गर्न थालेकी थिइन् । हानालाई नाच्दै गर्दा संसदमा रहेका सबै सांसदले हाका नाच्न थाले ।

सभाका अन्य सदस्यहरू र ग्यालरीमा बसेका दर्शकहरू हानासँग हाका नाच्दै गरेपछि सभामुख गेरी ब्राउनलीले केही समयका लागि सदन स्थगित गरेका थिए ।

१८४० को वैतांगी सन्धिमा निर्धारित सिद्धान्तहरू अन्तर्गत, जसले सरकार र माओरी बीचको सम्बन्धलाई मार्गदर्शन गर्दछ, जनजातिहरूलाई उनीहरूको भूमिहरू कायम राख्न र ब्रिटिशलाई शासन गर्ने बदलामा उनीहरूको हितको रक्षा गर्ने वाचा गरिएको थियो। उक्त विधेयकले ती अधिकारहरू सबै न्यूजील्याण्डका नागरिकहरूमा लागू हुनुपर्ने उल्लेख गरेको छ ।

को हुन् हाना रावहिटी मापी क्लार्क ?

न्यूजील्याण्डको १७० वर्षको इतिहासमा कान्छी सांसद बनेकी हाना संसदमा माओरी भाषामा गरेको भाषण विश्वभर चर्चाको विषय बनेको छ ।

न्युजील्याण्डको एओटेरोवाबाट निर्वाचित हाना सन् १८५३ पछि पहिलो पटक सबैभन्दा कान्छी सांसद बनेकी छिन् । हाना गत वर्ष अक्टोबरमा न्यूजील्याण्डको संसदमा निर्वाचित भएकी थिइन् । उनले ननैया महुतालाई पराजित गर्दै यो निर्वाचन जितेका हुन् । सन् २००८ देखि नै नैयाले यो सिट सम्हाल्दै आएका थिए । यति मात्र होइन, ननैया सन् १९९६ देखि सांसद थिए ।

न्यूजील्याण्ड हेराल्डको रिपोर्ट अनुसार हाना न्यूजिल्याण्डका मूल निवासीहरूको अधिकारको लागि लड्दै छिन्। हानाका बुबा तैतिमु मापी माओरी समुदायका हुन् र एनगा तामाटोआ समूहसँग सम्बन्धित छन्। हाना न्यूजील्याण्डको अकल्याण्ड र ह्यामिल्टन शहरहरू बीचमा अवस्थित एउटा सानो सहर हन्टलेकी बासिन्दा हुन्। उनी यहाँ माओरी समुदायका बालबालिकाका लागि बगैँचा चलाउँछिन् । उनी आफूलाई राजनीतिज्ञ नभई माओरी भाषाको संरक्षक मान्छिन् ।

हाका नृत्य दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुहरूको परम्परागत नृत्य हो। न्यूजील्याण्ड रग्बी खेलाडीहरूले आफ्नो खेलहरू अघि यसको माओरी संस्करण प्रदर्शन गर्छन्, जुन विश्वभर मान्यता प्राप्त भएको छ । यो समूहमा आक्रामक मुद्रामा खुट्टा टाँस्दै र चिच्याएर नाचिन्छ ।

यससँगै केही परम्परागत गीतहरू सामूहिक रूपमा गाइन्छ । परम्परागत रूपमा हाका भ्रमण गर्ने जनजातिहरूलाई स्वागत गर्ने परम्परागत तरिका थियो, तर यसले युद्धमा जाने योद्धाहरूलाई उत्तेजित गर्ने काम पनि गर्‍यो । यो शारीरिक शक्तिको प्रदर्शन मात्र थिएन, यो सांस्कृतिक गौरव, शक्ति र एकताको प्रतीक पनि थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending