बाजुरा । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेद्वारको टुङ्गो लगाएका हुन् ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको विसं २०८० माघ ४ गते निधन भएको थियो । उक्त पदका लागि हुन लागेको उप निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा समाजवादी पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् ।
नेपाली कांग्रेसले पुल्तीसरा शाही, नेकपा (एमाले)ले सुलोचना भण्डारी (बुढा), नेकपा (माओवादी केन्द्र)ले राजु विक, राप्रपाले सुनादेवी थापा (भोटे) र नेकपा समाजवादी पार्टीले जवा शाहीलाई उम्मेद्वार बनाएका हुन् । अघिल्लो निर्वाचनका बेला नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रबिच गठबन्धन बनेको थियो ।
उम्मेदवार घरदैलो अभियानमा
राजनीतिक दलले टुङ्गो लगाएका उम्मेदवारहरू जनतासँग भेटघाट तथा चुनावी अभियान लिएर घरदैलो कार्यक्रममा व्यस्त छन् । गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुने रणनीतिसहित दलका उम्मेदवार र नेता कार्यकर्ता मतदातासँग भेटघाटमा निस्किएका हुन् । उम्मेदवारले मतदातासँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा विकास गर्ने चुनावी प्रतिबद्धता लिएर मत माग्न थालेका छन् ।
विरासत फर्काउने दाउमा एमाले
लगातार ३२ वर्षदेखि एकलौटी रुपमा नेतृत्व गर्दै आएको नेकपा (एमाले) २०७९ को स्थानीय तहको निर्वाचनमा पराजित भएपछि पुनः विरासत फर्काउने उद्देश्यका साथ जुटेको छ । नेकपा विभाजित भएपछि स्वामीकात्तिकमा विरासत गुमाएको एमालेले उपाध्यक्ष पद जित्ने रणनीति बनाएर अघि बढेको नेकपा एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताए ।
विसं २०७४ मा नेपाली कांग्रेसलाई पराजित भएको थियो । विसं २०७९ मा कांग्रेसले जितेको हो । अघिल्लो निर्वाचनमा तीन वडा र अध्यक्ष उपाध्यक्षसहित बहुमत प्राप्त नेपाली कांग्रेस भने उपनिर्वाचनमा उपाध्यक्ष पद जोगाउने कसरतमा छ । उक्त गाउँपालिकामा सात हजार चार सय ६० मतदाता सङ्ख्या छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: