नवलपुर । नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा वृद्धि भएको छ । जिल्ला अदालतमा दर्ता भएकामध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म अदालतमा ८ सय ५८ वटा मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका मात्र २१३ वटा छन् । त्यसमध्ये सम्बन्ध विच्छेदका एक सय ५७, अंश जोडिएका १९ मानाचामल जोडिएका एक र पुरुषवादी भइ दायर भएका ३६ थान मुद्दा रहेको घिमिरेले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा एक हजार ३ सय ६८ मुद्दा दर्ता भएकामा पाँच सय २४ वटा मुद्दा सम्बन्ध विच्छेदका थिए ।जसमध्ये ४ सय ७६ वटा फस्र्यौट भएका थिए भने तीन सय ५८ वटा मुद्धामा मिलामत्र गरिएको थियो । आर्थिक वर्ष २०७९/०८० मा एक हजार एक सय ७९ थान मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका मुद्दा ४ सय ७१ थिए । ती मुद्दामध्ये ४ सय ७१ वटा फस्र्यौट भएका अदालतका श्रेष्तेदार घिमिरेले जानकारी दिए ।
यसरी सम्बन्ध विच्देछका मुद्धा बढ्नुमा बैदेशिक रोजगारी प्रमुख कारण रहेको जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीले बताए । त्यसबाहेक परिवार भित्रको कलह, आर्थिक विपन्नता, पढाई अनुसार रोजगारी नपाउनु, छिटो विवाह, सामाजिक सञ्जाल आदि पनि सम्बन्ध विच्छेदक कारण रहेको न्यायाधीश ज्ञवालीले बताए ।
श्रीमान श्रीमतीले सकेसम्म मिलापत्र गराउने हेतुले अदालतले यस्ता मुद्दालाई तत्काल फैसला नगरेर सकेसम्म ‘कुलिङ पिरियड’मा राख्ने गरेको ज्ञवालीको भनाइ छ । यसैगरी सम्बन्ध विच्छेद बढ्दै जाने हो भने समाज कता तिर जाला भन्ने चिन्ता थपिएको ज्ञवालीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: