Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रविबारे ओली- वासिङ मेसिनमा तीनपल्ट धोएजस्तो कुरा गर्थे, समितिले नामै तोकेर कारबाही गर्नू भन्यो

'रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मैले गरीखाने ठाउँ मिलाइदिएको थिएँ, राम्रै गरिदिन खोजेको हो'

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेलाई छानबिन समितिले सिफारिस गरेअनुसार कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। 

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहीबार ‘प्रधानमन्त्रीसँग परिसंवाद’ सत्रमा बोल्दै वासिङ मेसिनमा तीनपल्ट धोएजस्तो कुरा गरेपनि समितिले नामै तोकेर कारबाही गर्नू भनेको बताए। 

रविबारे ओलीको भनाइजस्ताको तस्तैः 

एउटा रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मकहाँ आउनुभयो र (भन्नुभयाे) ‘मलाई कुनै जब दिनुपर्‍यो। अफ्ठ्यारामा छु।’

मैले भनेँ- के जानेको छ? ‘अलि बोल्ने कला छ।’ मैले पनि कला होला भन्ठानेँ। ‘र म पत्रकारिता गर्न सक्छु।’ 

त्यसो भए म बाबुकै लागि एउटा प्रोग्राम राख्छु, सिधाकुरा प्रधानमन्त्रीसँग। त्यसको पैसा पनि एनटीभीलाई तिर्नुपर्दैन, त्यो मेरो प्रोग्राम हो। विज्ञापन उठाएर जीविका चलाऊ भनेपछि दुईचार लाख, पाँच दस लाख उठाएर जीविका चलाउने बाटो त्यहाँ बन्यो।

उहाँले अलि कराउन सिकेको त्यहीँ हो। त्यसपछि म हटेपछि प्रचण्डजीले निकालिदिनुभयो। न्युज ट्वान्टी फोर कि के भन्नेमा जानुभयो। त्यहाँ बसेर नबोल्ने, उभिएर मच्चीमच्ची कराउने सिक्नुभयो। त्यो डेभलप गर्नुभयो।

यसबीचमा केके केके केस लागे, त्यो मेरो रुचिको विषय होइन। मैले राम्रै गरिदिन खोजेको हो। त्यसपछि पार्टी खोल्छु भन्नुभयो। खोल बाबु (भनेँ)। हाहु गर्नुभयो, मैले साथै दिएँ। 

मैले साँच्चै के भने रविले यत्रो सहकारीमा केके गरेको छ भन्ने विश्वास त के, आशंका पनि थिएन, साँच्चै। यत्रो पूरै वासिङ मेसिनमा पनि तीनपल्ट धोएजस्तो कुरा गर्छन्। कसरी ठान्ने मैले, मैले ठानिनँ।

छानबिन समिति बनाउनुपर्छ भनेर पार्लियामेन्टमा कुरा उठ्दा पनि ‘यसरी समिति बनाउनुहुँदैन, यो अनुमानका भरमा केही कुरा उठ्यो भन्दैमा एकजना व्यक्तिको रूपमा उठाउनुहुन्न’ भनेँ।

पछि रवि आफैले के भन्नुभयो भने ‘केही छैन मलाई, समिति बनाऔँ।’ सर्वदलीय बैठकमै पनि बोल्नुभयो- छानबिन समिति बनाइयोस्। उहाँ चम्किनुभयो। प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो र ‘उहाँले नै भन्नुभएको छ भने बनाऊँ’ भन्नुभयो।

म त समहत छैन तर तपाईँहरू भन्नुहुन्छ भने समिति बनाऊँ मानिदिन्छु। समिति बनाएको त तोकेर भन्यो। जहाँ उहाँको पार्टीको र अरु पार्टीको पनि सदस्य हुनुन्छ। माओवादी पार्टीको पनि हुनुहुन्छ।

नाम तोकेर ‘कारबाही गर्नू’ भनेर सिफारिस भयो। त्यो प्रहरीमा पुग्यो। सभामुखलाई दिएपछि त्यो सरकारलाई, गृहमन्त्रीलाई पठाउनुभयो होला। त्यो त मेरो हातमा पर्ने कुरा पनि भएन। त्यो त अब ब्युरोक्रेसीको हातमा गयो। प्रहरीमा गयो कि गृह मन्त्रालय गयो कि? छानबिन अध्ययनको क्रम सुरु भयो।

छानबिन अध्ययनको क्रम सुरु भएपछि उहाँलाई गिरफ्तार गरेर कारबाही गर्ने अवस्था सम्मानित अदालतले देख्यो। 

उहाँलाई इन्क्वायरी (अनुसन्धान)का लागि त्यहाँ राखेको छ। निर्दोष हुनुहुन्छ भने सफाइ पाउनुहुन्छ। मैले गरेर सफाइ पाएको होइन है त्यो, सफाइ पाउनुभयो भने। पर्नुभयो भने मैले गरेर परेको होइन है, उहाँका कर्मले पर्‍या हो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending