नयाँ दिल्ली । बाबुराम भट्टराई ले नेपाललाई दुई शक्ति राष्ट्रबीचको ‘चेपुवा’ देशका रूपमा मात्र व्याख्या गर्ने परम्परागत दृष्टिकोण त्याग्नुपर्ने बताएका छन् ।
भारतको राजधानी New Delhi मा जारी NXT Summit 2026 को प्रधानमन्त्रीस्तरीय राउन्ड टेबल सेसनमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल दुई उदीयमान शक्ति राष्ट्रलाई जोड्ने गतिशील पुल बन्नुपर्नेमा जोड दिए ।
उनले विश्व राजनीतिक तथा आर्थिक संरचना तीव्र रूपमा बदलिँदै गएको उल्लेख गर्दै साना राष्ट्रहरूले आफ्नो रणनीति पुनःपरिभाषित गर्न आवश्यक रहेको बताए । “अब नेपाल दुई ढुङ्गाबीचको तरुल मात्र होइन, क्षेत्रीय सहकार्यको पुल बन्नुपर्छ,” उनले भने ।
भट्टराईले नेपालमा उदाउँदै गरेको जेन–जी पुस्ता र युवा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनीहरू देशलाई समृद्धिको दिशामा लैजान सक्षम रहेको धारणा राखे । प्रविधिको विकासले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् विश्व एक परिवारको अवधारणालाई व्यवहारमा उतार्न सहज बनाएको उल्लेख गर्दै उनले नेपालले छिमेकी भारतको तीव्र आर्थिक वृद्धिबाट लाभ लिन सक्नुपर्ने बताए ।
दक्षिण एसियामा गरिबी र अस्थिरताको मूल कारण स्रोतको अभाव नभई कमजोर संस्थागत संरचना र शासकीय असफलता भएको उनको विश्लेषण थियो । उनले क्षेत्रीय सहकार्य र विश्वव्यापी साझेदारीमार्फत विकासको गति तीव्र पार्न सकिने बताए ।
नयाँ दिल्लीमा आयोजित उक्त उच्चस्तरीय संवादमा भट्टराईको अभिव्यक्तिलाई दक्षिण एसियाली भू–राजनीतिमा सान्दर्भिक दृष्टिकोणका रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...



प्रतिकृया लेख्नुहोस्: