Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

एनपीएलको प्रसारण स्टारस्पोर्ट्समा किन हुनु हुदैन ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रशारण भारतीय टिभी नेटवर्क स्टार स्पोर्ट्समा गर्ने चर्चा चलिरहेको छ ।

मङ्सिर १५ गतेदेखि टियु मैदानमा शुरु हुने एनपीएलको पहिलो संस्करणप्रति नेपाली क्रिकेट प्रेमीको उत्साह देखिएको छ । साथै एनपीएलमा सहभागी हुने विदेशी खेलाडीको सूचीले पनि फ्यानहरुमा थप उत्साह थापिरहेको छ । यसैबीच एनपीएलको प्रशारण स्टार स्पोर्ट्सबाट हुने समाचारले त्यो उत्साहलाई थप बढाएको अवस्था पनि छ । तर नेपाल क्रिकेट संघ (क्यान) ले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रशारण गर्दैमा मात्र यसको अन्तर्राष्टियकरण हुने हो त ?

सबैभन्दा पहिला अहिले एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट क्यानले ठुलो रकम तिरेर गर्न खोजिएको भनिएको छ । एनपीएल ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्न र विश्व क्रिकेटलाई नेपालको लिग देखाउन यसो गर्न लागिएको क्यानको दलिल छ । सामान्यतया क्रिकेटको खेल प्रसारणको लागि टिभी च्यानलहरुले ठुलो रकम तिर्ने गर्दछन् र च्यानल वा एजेन्सीले विज्ञापन उठाएर राम्रो नाफा पनि गर्दछन । तर क्यान भने उल्टो बाटोमा गएको जस्तो देखिएको छ । एनपीएलका खेल स्टार स्पोर्ट्समा करोडौं तिरेर प्रशारण गर्दा त्यसले नेपाली टेलिभिजन र स्थानीय विज्ञापन एजेन्सी तथा स्थानीय विज्ञापनदाताको उपेक्षा गरेको देखिएको छ । 

स्टारस्पोर्ट्सले एनपीएल प्रशारण गर्ने भएमा स्थानीय विज्ञापनदाताले विज्ञापन गर्न सक्ने अवस्था नै नहुने एक विज्ञापन एजेन्सीका संचालक बताउछन् । स्टार स्पोर्ट्समा विज्ञापनदर महँगो हुने र उसले प्रसारणबापत पैसा पाउने हुनाले विज्ञापनप्रति कुनै चासो नै नलिने दाबि नेपाली विज्ञापन एजेन्सीहरुको दाबि रहेको छ । 

एनपीएल हुने खबरले नेपालमा क्रिकेटको क्रेजलाई क्यास गर्न विज्ञापन क्षेत्र पनि उत्साहित भइरहेको अवस्थामा क्यानले स्टारस्पोर्ट्सको विषय ल्याएर सबैलाई निरुत्साहित गरेको विज्ञापन क्षेत्रको बुझाइ छ । नेपाली क्रिकेटलाई अहिलेसम्म सहयोग र समर्थन गरिरहेको नेपाली विज्ञापन क्षेत्रका लागि एनपीएलमा अवसर गुमेमा दुर्भाग्य हुने बताउछन् । 

तर अहिलेसम्म क्यानले स्टार स्पोर्ट्ससँग हुनसक्ने डिल बारे स्पष्ट भने पारेको छैन । नेपालमै प्राय अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेलहरुको  खासगरि, हिमालयन र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको र गुणस्तरमा पनि पछिल्लो समय व्यापक सुधार गरेको अवस्थामा विदेशी च्यानलमा किन जान लागियो भन्ने प्रश्न व्यवसायीहरुले उठाएका छन् । 

अर्कोतर्फ स्टार स्पोर्ट्सलाई क्यानले करोडौं दिएर प्रसारण गराउने सन्दर्भ कानुनी रुपमा पनि नमिल्ने देखिन्छ । नेपालको खरिद नियमावली अनुसार १० लाख भन्दा बढी रकम खर्च गर्दा ग्लोबल टेन्डर गर्नुपर्ने व्यवस्था क्यानलाई पनि लागु हुने हुनाले यो नमिल्ने देखिएको हो । तर यस सन्दर्भमा क्यानले एनपीएलको कमर्सियल राइट्स ब्रान्ड लजिक प्रालिलाई बेचेको हुनाले स्टार स्पोर्ट्ससँग कसरी क्यानले सम्झौता गर्छ यो हेर्न बाँकी नै छ । ब्रान्ड लजिकले ५ करोड ९२ लाखमा एनपीएलको कमर्सीयल राइट्स खरिद गरेको छ । 

त्यसैगरी नेपालमा हाल क्लीन फिड लागु रहेकाले स्टार स्पोर्ट्सले यस प्रशारणमा आफ्नो विज्ञापन समेत बजाउन पाउदैन । अहिलेसम्म एनपीएलको तयारी, फ्रेन्चाईजीको छनौट र खेलाडी अक्सन हुदै हाल विदेशी खेलाडी भित्रिदै गर्दा एनपीएल विवादरहित बनेको छ तर स्टार स्पोर्ट्समा ठुलो रकम तिरेर प्रसारण गर्न खोजेको विषय विवादित हुने देखिएको छ  । यस्तो सम्झौता भएमा क्यान र यसका पदाधिकारीलाई कानुनी झमेलामा समेत पार्ने देखिन्छ । 

एकातिर प्रसारण गर्ने नेपाली च्यानल हुँदा हुँदै विदेशी ताक्नुले ठुलो रकम विदेशिने मात्र होइन नेपाली च्यानल र दक्षतालाई क्यानले उपेक्षा गरेको अर्थ लाग्ने विज्ञापन क्षेत्रका विज्ञको धारणा रहेको छ । तसर्थ क्यानले रकम तिरेर स्टार स्पोर्ट्समा जानु भन्दा स्थानीय च्यानल र स्थानीय विज्ञापनदाताको सहयोग लिएर गुणस्तरीय प्रसारण गर्नेतर्फ ध्यानकेन्द्रित गर्नु नै नेपाली क्रिकेटको दिर्घकालिन हितमा हुने देखिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending