Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

बाँकेमा सहुलियत पसलबाट ६९ हजार छुट

खबरडबली संवाददाता

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयको बिक्री केन्द्रबाट बाँकेवासीले ६९ हजार रुपियाँ छुट पाएका छन् । कम्पनीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत बिक्री केन्द्रबाट बाँकेका नागरिकले ६९ हजार रुपियाँ छुट पाएका हुन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलबाट बाँकेका नागरिकले ६९ हजार रुपियाँ छुट पाएको बताए । 

“चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसल (बिक्री केन्द्र)बाट कात्तिक २८ गतेसम्म ६९ हजार रुपियाँ बराबरको छुटमा खाद्य सामग्री बिक्री गरेका छौँ, यहाँका नागरिकहरूले चामल खरिद गर्दा उक्त रकम बराबरको छुट पाउनुभएको छ ।”

सूचना अधिकारी घिमिरेले भने, “अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठो लगायतका २८ किसिमका खाद्य बस्तु बिक्री भए पनि नेपालगन्जबाट केबल चामल मात्र बिक्री गरेका हौँ, चामल खरिद गर्ने नागरिकहरूले सो छुट पाउनुभएको हो ।”

नेपालगन्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको भएतापनि हालसम्म १३८ क्विन्टल चामल बिक्री भएको छ । “हामीले सहुलियत पसलबाट दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएका थियौँ, हालसम्म १३८ क्विन्टल बिक्री भएको छ,” घिमिरेले भने, “अरुवा मोटा, अरुवा सोना मनसुली, अरुवा मध्यम चामल र स्टिम जिरा गरी चार प्रकारका चामल बिक्री गरेका छौँ ।”

घिमिरेका अनुसार नेपालगन्जस्थित कार्यालयको बिक्री केन्द्रबाट अरुवा मोटा चामल ५० किलो, अरुवा सोना मनसुली २९ क्विन्टल, अरुवा मध्यम ३७.७५ क्विन्टल र स्टिम जिरा ७०.७५ क्विन्टल बिक्री भएको छ । उहाँका अनुसार ६३०० रुपियाँ क्विन्टल पर्ने अरुवा मोटा चामल ५८०० रुपियाँमा, ६५०० रुपियाँ पर्ने अरुवा सोना मनसुली र अरुवा मध्यम चामल ६००० रुपियाँ र ९४०० रुपियाँ पर्ने स्टिम जिरा चामललाई ८९०० रुपियाँ प्रति क्विन्टलका दरले बिक्री गरिएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending