बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयको बिक्री केन्द्रबाट बाँकेवासीले ६९ हजार रुपियाँ छुट पाएका छन् । कम्पनीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत बिक्री केन्द्रबाट बाँकेका नागरिकले ६९ हजार रुपियाँ छुट पाएका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलबाट बाँकेका नागरिकले ६९ हजार रुपियाँ छुट पाएको बताए ।
“चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसल (बिक्री केन्द्र)बाट कात्तिक २८ गतेसम्म ६९ हजार रुपियाँ बराबरको छुटमा खाद्य सामग्री बिक्री गरेका छौँ, यहाँका नागरिकहरूले चामल खरिद गर्दा उक्त रकम बराबरको छुट पाउनुभएको छ ।”
सूचना अधिकारी घिमिरेले भने, “अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठो लगायतका २८ किसिमका खाद्य बस्तु बिक्री भए पनि नेपालगन्जबाट केबल चामल मात्र बिक्री गरेका हौँ, चामल खरिद गर्ने नागरिकहरूले सो छुट पाउनुभएको हो ।”
नेपालगन्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको भएतापनि हालसम्म १३८ क्विन्टल चामल बिक्री भएको छ । “हामीले सहुलियत पसलबाट दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएका थियौँ, हालसम्म १३८ क्विन्टल बिक्री भएको छ,” घिमिरेले भने, “अरुवा मोटा, अरुवा सोना मनसुली, अरुवा मध्यम चामल र स्टिम जिरा गरी चार प्रकारका चामल बिक्री गरेका छौँ ।”
घिमिरेका अनुसार नेपालगन्जस्थित कार्यालयको बिक्री केन्द्रबाट अरुवा मोटा चामल ५० किलो, अरुवा सोना मनसुली २९ क्विन्टल, अरुवा मध्यम ३७.७५ क्विन्टल र स्टिम जिरा ७०.७५ क्विन्टल बिक्री भएको छ । उहाँका अनुसार ६३०० रुपियाँ क्विन्टल पर्ने अरुवा मोटा चामल ५८०० रुपियाँमा, ६५०० रुपियाँ पर्ने अरुवा सोना मनसुली र अरुवा मध्यम चामल ६००० रुपियाँ र ९४०० रुपियाँ पर्ने स्टिम जिरा चामललाई ८९०० रुपियाँ प्रति क्विन्टलका दरले बिक्री गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: