Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सुरु भयाे महोत्तरीकाे रामगोपालपुरमा चुनावी चहलपहल

खबरडबली संवाददाता

महोत्तरी। उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ। जिल्लाको रामगोपालपुर नगरपालिका-२ को वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक गतिविधि निकै बढेसँगै माहोल तात्दै गएको हो।

जिल्लामा एउटा वडाध्यक्ष पदका लागि मात्र मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ। विभिन्न राजनीतिक दलले त्यही एउटा पदको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सबै शक्ति खन्याइरहेका छन्। उम्मेदवारको विधिवत् मनोनयन दर्ता आउने आइतबार हुने भए पनि दलहरुका गतिविधि भने रामगोपालपुर-२ मा एक साता पहिलेदेखि नै सघन देखिँदो छ।

सो वडामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले दुई-दुई पटक चुनावी प्रचार र्‍याली सम्पन्न गरिसकेका छन्। दुवै दलका कार्यक्रममा उच्च तहका नेताहरुको सहभागिताले उपनिर्वाचनको माहोल झनै तातेको छ।

माओवादी केन्द्रको कार्यक्रममा सो दलका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेश प्रदेश इञ्चार्ज लीलामणि पोखरेलसहितका नेता सहभागी भएका छन्। त्यसैगरी नेकपा (एमाले) ले पोल्यूटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्लाका पदाधिकारीसहितको सहभागितामा पहिलोचरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

सो वडामा यसअघि माओवादी केन्द्रका मुकेशकुमार यादव निर्वाचित भएका थिए। यादवको दुई महिना पहिले निधन भएपछि अहिले यहाँ उपनिर्वाचन हुन लागेको हो। यस उपनिर्वाचनमा माओवादी केन्द्रले स्व यादवकी पत्नी आइती यादवलाई उम्मेदवार घोषणा गरेको छ।

यसैगरी नेकपा (एमाले)ले सकिवुल खानलाई उम्मेदवार घोषणा गरेको छ। यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट उम्मेदवार रहेका खान यस पटक एमालेबाट उम्मेदवार घोषणा भएका हुन्।

यसैगरी नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँ र जसपाले नजामुद्दिन खानलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्। जनिफ यसअघिको निर्वाचनमा पनि नेकाकै उम्मेदवार थिए र निकटतम प्रतिस्पर्धी बनेका थिए। जसपाका पहिलेका उम्मेदवार सकिवुल भने एमाले प्रवेश गरेपछि सो दलले नजामुद्दिनलाई उम्मेदवार घोषणा गरेको छ।

यसअघिको निर्वाचनमा विजयी हुने मुकेशकुमार यादवले ४३३, निकटतम प्रतिस्पर्धी नेकाका जनिफ खाँले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए। सो वडामा दुई हजार २०० मतदाता छन् ।

वडामा यसअघि निर्वाचन जितेको माओवादी केन्द्र आफ्नो ठाउँ गुम्न नदिन भरपुर प्रयत्नमा देखिन्छ। यसैगरी सो वडाकै मतदाता रहेका एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभामा एमाले संसदीय दलका नेता र मधेश सरकारमा दोस्रो वरियताका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्।

यसैगरी नेका र जसपाले आफ्नो जनाधार बढेको बताउँदै चुनाव जित्ने दाबी गरिरहेका छन्। जिल्लाको एक वडामा मात्र उपनिर्वाचन हुन लागेको हुँदा सबै दलका नेता अहिले चुनावी तयारीमा रामगोपालपुर-२ का घरघर पुग्दैछन्।

यो उपनिर्वाचनले राजनीतिक माहोल निकै तताएको सो वडाकै बासिन्दा विगतमा जिविसका उपसभापति रहिसकेका गणेशप्रसाद यादव बताउँछन्।

उपनिर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्बद्ध सबै पक्षसँग अपिल गरेको छ। उपनिर्वाचनका लागि जनशक्ति व्यवस्थापनदेखि अन्य सबै तयारी ठिकठिक समयमा पूरा गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending