Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पर्सा मकवानपुर झापा र सुनसरीबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ

करिब ३६ किलो अवैध लागूऔषध चरेश बरामद

खबरडबली संवाददाता

काठमाडाैं । प्रहरीले अवैध लागूऔषध चरेश सहित आठ जना पक्राउ गरेकाे छ । पर्सा मकवानपुर झापा र सुनसरीबाट उनीहरु पक्राउ परेका हुन् । 

प्रहरीले पर्साकाे वीरगंज महानगरपालिका-१५ भिष्वा होटल अगाडि चालीस फिट्टे सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २२ किलो ५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारत विहार मोतीहारी ग्राम आदापुर बस्ने २९ वर्षीय मुकेश कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी  कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले ना.१५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको चरेश सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३१ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मनहरी नगरपालिका-७ बस्ने ३३ वर्षीय शंकर स्याङ्तान र  ४० वर्षीय रामशरण प्रजा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.१ ह ८३२४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको पछाडी भागमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी अटो चालक शंकर र अटोमा सवार रामशरणलाई पक्राउ गरेको हो ।

यस्तै झापाकाे  मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने २२ वर्षीय रोशन दंगाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाकै मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित इलाम फाकफोकथुम गाउँपालिका-१ ठिङ्गेपुर बस्ने २७ वर्षीय बिशाल मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीकाे  इटहरी उपमहानगरपालिका-५ रामजानकी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय आशिष चौधरी र २७ वर्षीय विष्णु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
 
करिब ३६ किलो अवैध लागूऔषध चरेश बरामद

यसैगरी कैलालीकाे धनगढी उपमहानगरपालिका-५ लब्लि चोकबाट अवैध लागूऔषध चरेश करिब ३६ किलो ६ सय ६२ ग्राम बुधबार बेलुकी प्रहरीले बरामद गरेको छ । 

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले हाल अल्फाबेट नखुलेको १०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले १ वटा बोरा फाली मोटरसाइकल सहित फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी बरामद गरेको हो । 

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending