Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

ठेकेदारको लापरबाहीले सिँचाइ कुलो अलपत्र

खबरडबली संवाददाता

खोटाङ  । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन्।

कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरको रु सात करोड ७२ लाख लगानीमा निर्माण सुरु गरिएको सिँचाइ कुलो आयोजना ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै तत्काल काम अगाडि बढाउन स्थानीयले माग गरेका हुन्।

निर्माणाधीन अवस्थामै अलपत्र परेको सिँचाइ कुलो आयोजनाको काम तत्काल सञ्चालनमा ल्याउनका लागि पहल गरिदिन बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङ र जिल्ला समन्वय समिति खोटाङमा ज्ञापनपत्र बुझाइएको स्थानीय रामप्रसाद दङ्गालले बताए। “निक्कै ठूलो कसरतले स्वीकृत भएको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र छ । निर्माणाधीन अवस्थामै आयोजना अलपत्र पर्दा राज्यकोषको रकमसमेत खेर जाने अवस्था सिर्जना भएको छ”, उनले भने, “विभिन्न कारण देखाएर ठेकेदार कम्पनी उन्मुक्ति लिन खोजिरहेका छन्। बेँसी क्षेत्रमा बसोबास गर्ने कृषकको भविष्यसँग जोडिएको सिँचाइ कुलो आयोजनाको काम पुनःसञ्चालनमा नआएको खण्डमा चरणवद्ध आन्दोलन गर्छौ।”

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा नेपाली कांग्रेस खोटाङका नेता केशवकुमार कार्की, नेकपा (एमाले) खोटाङका पूर्वअध्यक्ष दङ्गाल र नेकपा (माओवादी केन्द्रं) खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले संयुक्त हस्ताक्षर गरेका छन्। आफूहरूले राजनीतिक दलको तर्फबाट नभइ स्थानीय उपभोक्ता भएको नाताले ज्ञापनपत्र बुझाएको उनीहरुले बताए ।

जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए । “करोडौँ लगानीको आयोजना अलपत्र छ भन्ने जानकारी आएको छ। हामी स्थलगत अनुगमन पनि गर्छौँ”, उनले भने, “अनुगमनले आयोजना अलपत्र पर्नुको कारण पत्ता लाग्छ। ठेकेदारको लापरबाहीकै कारण काम नभएको हो भने कारबाहीका लागि सिफारिस गर्छौँ।”

तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी स्काई–विवश–रामसागर जेभीले ठेक्का लिएको आयोजनाको लागि अन्तिमपटक थपिएको म्याद आगामी चैत–१६ गतेसम्म रहेकाले पुनःकाममा फर्काएर आयोजनाको काम सम्पन्न गर्न लगाउनेगरी समन्वय भइरहेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख डा महेश यादवले बताए। “लोकतान्त्रिक सिँचाइ कुलो आयोजनाको काम पेटी ठेकेदारमार्फत भएको रहेछ। उसले काम गर्न नसकेपछि मुख्य ठेकेदारसँग सम्पर्क गरेका छौ। मुख्य ठेकेदार कम्पनीका प्रतिनिधिले तोकिएको काम जसरी पनि सम्झौता मितिभित्र पूरा गर्नुपर्ने हुन्छ। यदि पूरा नगरेको खण्डमा धरौटी जफत गरेर कानूनी प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने।

तीनवटा निर्माण कम्पनीको सहकार्यमा सम्झैता गरेर निर्माण सुरु गरिएको आयोजनाको काम एउटा कम्पनीका प्रतिनिधिले कमजोरी गर्दा समयमा सम्पन्न गर्न नसकिएको रामसागर निर्माण कम्पनीका सञ्चालक राम पौडेलले बताए। “तीनवटा निर्माण कम्पनीमध्ये विवश इन्टरनेश्नल प्रालिले निर्माणको जिम्मा लिएको थियो । उसले काम गर्न नसकेपछि त्यसलाई हटाएर रोकिएको काम सुरु गर्ने प्रक्रिया अगाडि बढिसकेको छ”, उनले भने, “धेरै काम सम्पन्न भइसकेका छन् । सम्झौता मिति सकिन अझै बाँकी रहेकाले तोकिएकै समयभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”

विवश इन्टरनेश्नल प्रालिका प्रतिनिधिले स्थानीयबासीको अवरोधका कारण काम गर्न नसकिएको काम छाडेको थियो। निर्माणाधीन अवस्थामै आयोजनाको काम छाडेर हिँडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयले जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई निर्माणस्थलमा कुनै पनि विवाद नरहेको पत्रसमेत लेखेको छ।

सम्झौताअनुसार तीन फिट गहिरो खाल्डो खनेर त्यसभित्र पोलेथिन पाइप बिच्छ्याएर सञ्चालन गर्नुपर्ने सिँचाइ कुलो आयोजनामा यसअघिका ठेकेदारको लापरबाहीले गुणस्तरीय काम नभएको भन्दै स्थानीयले विरोधसमेत जनाएका थिए। स्थानीयको विरोधपछि ठेकेदारले काम नगरेपछि बिच्छ्याइएका पाइप जथाभावी छरिनुका साथै कतिपय जङ्गलमा लागेको डढेलोले जलेर नष्ट भएका छन्।

विसं २०७७ सालमा डिभिजन कार्यालय खोटाङमा सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजनाअन्तर्गत १३ किलोमिटर लामो पाइप लाइनमध्ये आठ किलोमिटर काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित साबिकको दुईवटा वडा तथा वडा नं ५ सप्तेश्वर छितापोखरीको तल्लो भागका स्थानीयबासीको खेतबारी सिँचाइ गर्ने उद्देश्यले आयोजना अगाडि बढाइएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending