Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

ठेकेदारको लापरबाहीले सिँचाइ कुलो अलपत्र

खबरडबली संवाददाता

खोटाङ  । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन्।

कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरको रु सात करोड ७२ लाख लगानीमा निर्माण सुरु गरिएको सिँचाइ कुलो आयोजना ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै तत्काल काम अगाडि बढाउन स्थानीयले माग गरेका हुन्।

निर्माणाधीन अवस्थामै अलपत्र परेको सिँचाइ कुलो आयोजनाको काम तत्काल सञ्चालनमा ल्याउनका लागि पहल गरिदिन बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङ र जिल्ला समन्वय समिति खोटाङमा ज्ञापनपत्र बुझाइएको स्थानीय रामप्रसाद दङ्गालले बताए। “निक्कै ठूलो कसरतले स्वीकृत भएको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र छ । निर्माणाधीन अवस्थामै आयोजना अलपत्र पर्दा राज्यकोषको रकमसमेत खेर जाने अवस्था सिर्जना भएको छ”, उनले भने, “विभिन्न कारण देखाएर ठेकेदार कम्पनी उन्मुक्ति लिन खोजिरहेका छन्। बेँसी क्षेत्रमा बसोबास गर्ने कृषकको भविष्यसँग जोडिएको सिँचाइ कुलो आयोजनाको काम पुनःसञ्चालनमा नआएको खण्डमा चरणवद्ध आन्दोलन गर्छौ।”

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा नेपाली कांग्रेस खोटाङका नेता केशवकुमार कार्की, नेकपा (एमाले) खोटाङका पूर्वअध्यक्ष दङ्गाल र नेकपा (माओवादी केन्द्रं) खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले संयुक्त हस्ताक्षर गरेका छन्। आफूहरूले राजनीतिक दलको तर्फबाट नभइ स्थानीय उपभोक्ता भएको नाताले ज्ञापनपत्र बुझाएको उनीहरुले बताए ।

जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए । “करोडौँ लगानीको आयोजना अलपत्र छ भन्ने जानकारी आएको छ। हामी स्थलगत अनुगमन पनि गर्छौँ”, उनले भने, “अनुगमनले आयोजना अलपत्र पर्नुको कारण पत्ता लाग्छ। ठेकेदारको लापरबाहीकै कारण काम नभएको हो भने कारबाहीका लागि सिफारिस गर्छौँ।”

तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी स्काई–विवश–रामसागर जेभीले ठेक्का लिएको आयोजनाको लागि अन्तिमपटक थपिएको म्याद आगामी चैत–१६ गतेसम्म रहेकाले पुनःकाममा फर्काएर आयोजनाको काम सम्पन्न गर्न लगाउनेगरी समन्वय भइरहेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख डा महेश यादवले बताए। “लोकतान्त्रिक सिँचाइ कुलो आयोजनाको काम पेटी ठेकेदारमार्फत भएको रहेछ। उसले काम गर्न नसकेपछि मुख्य ठेकेदारसँग सम्पर्क गरेका छौ। मुख्य ठेकेदार कम्पनीका प्रतिनिधिले तोकिएको काम जसरी पनि सम्झौता मितिभित्र पूरा गर्नुपर्ने हुन्छ। यदि पूरा नगरेको खण्डमा धरौटी जफत गरेर कानूनी प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने।

तीनवटा निर्माण कम्पनीको सहकार्यमा सम्झैता गरेर निर्माण सुरु गरिएको आयोजनाको काम एउटा कम्पनीका प्रतिनिधिले कमजोरी गर्दा समयमा सम्पन्न गर्न नसकिएको रामसागर निर्माण कम्पनीका सञ्चालक राम पौडेलले बताए। “तीनवटा निर्माण कम्पनीमध्ये विवश इन्टरनेश्नल प्रालिले निर्माणको जिम्मा लिएको थियो । उसले काम गर्न नसकेपछि त्यसलाई हटाएर रोकिएको काम सुरु गर्ने प्रक्रिया अगाडि बढिसकेको छ”, उनले भने, “धेरै काम सम्पन्न भइसकेका छन् । सम्झौता मिति सकिन अझै बाँकी रहेकाले तोकिएकै समयभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”

विवश इन्टरनेश्नल प्रालिका प्रतिनिधिले स्थानीयबासीको अवरोधका कारण काम गर्न नसकिएको काम छाडेको थियो। निर्माणाधीन अवस्थामै आयोजनाको काम छाडेर हिँडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयले जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई निर्माणस्थलमा कुनै पनि विवाद नरहेको पत्रसमेत लेखेको छ।

सम्झौताअनुसार तीन फिट गहिरो खाल्डो खनेर त्यसभित्र पोलेथिन पाइप बिच्छ्याएर सञ्चालन गर्नुपर्ने सिँचाइ कुलो आयोजनामा यसअघिका ठेकेदारको लापरबाहीले गुणस्तरीय काम नभएको भन्दै स्थानीयले विरोधसमेत जनाएका थिए। स्थानीयको विरोधपछि ठेकेदारले काम नगरेपछि बिच्छ्याइएका पाइप जथाभावी छरिनुका साथै कतिपय जङ्गलमा लागेको डढेलोले जलेर नष्ट भएका छन्।

विसं २०७७ सालमा डिभिजन कार्यालय खोटाङमा सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजनाअन्तर्गत १३ किलोमिटर लामो पाइप लाइनमध्ये आठ किलोमिटर काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित साबिकको दुईवटा वडा तथा वडा नं ५ सप्तेश्वर छितापोखरीको तल्लो भागका स्थानीयबासीको खेतबारी सिँचाइ गर्ने उद्देश्यले आयोजना अगाडि बढाइएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending