Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

खबरडबली संवाददाता

भक्तपुर । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न थालेको आशङ्कामा गोप्य ‘सर्च’ गर्नाका साथै छापा मार्न थालेको छ ।

मानवीय शरीरजन्य रोगका उपचारका लागि सरकारले स्वीकृत दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागुऔषध कारोबार गर्न थालेपछि प्रहरी यसतर्फ केन्द्रित हुँदै पक्राउ गर्न थालेको प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष लागुऔषध कारोबारको अभियोगमा भक्तपुरमा एक जनालाई पनि पक्राउ नगरेको प्रहरीले यही कात्तिक महिनामै पाँच घटनामा १० जनालाई पक्राउ गरेको उनले जानकारी दिए । प्रहरी उपरीक्षक बुढाथोकीले भने, “म आएको एक महिना भयो, अघिल्लो वर्षको अपराधको तथ्याङ्क अध्ययन गर्ने क्रममा अघिल्लो आर्थिक वर्षमा लागुऔषध कारोबारी र दुव्र्यसनी कोही पनि पक्राउ नपरेको, मुद्दा नचलेको र भक्तपुर लागुऔषधमा शून्य भएको पाएँ, मलाई शङ्का लाग्यो र अभियान सुरु गरे, अवस्था फरक रहेछ, धमाधम पक्राउ गर्न थालेका छौँ ।”

उनले औषधि व्यवसाय नै लागुऔषध कारोबारको हब बन्न थालेको आशङ्का पैदा भएको जनाउँदै औषधि पसल, ब्युटीपार्लरदेखि प्रयोगकर्तासम्मलाई पक्राउ गर्ने अभियान सुरु गरेको बताए । प्रहरीले गत शनिबार मध्यपुरथिमि–९ राधेराधेस्थित सुजु मेडिकलबाट लागुऔषधको कारोबार गरेको पाइएपछि सञ्चालक ४८ वर्षीय गणेशप्रसाद आचार्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको उनले भने । प्रहरी उपरीक्षक बुढाथोकीले भने, “सुजु मेडिकलबाट लागुऔषध बिक्री वितरण भइरहेको अवस्थामा फार्मेसीबाट पाँच सय ३० थान ट्याब्लेट लागू औषध बरामद गरेका छौँ, त्यसैगरी मध्यपुरथिमि नगरपालिका–१ लौहकिन्थली अर्को फार्मेसीका सञ्चालक रोहित सिंहसहित बलिराम खड्कालाई एक सय ८० ट्याब्लेट लागुऔषधसहित पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।” 

उनले लागुऔषध दुर्व्यसन रोक्न यसको कारोबार नै रोक्नुको विकल्प नभएको भन्दै प्रहरी त्यसमा केन्द्रित भएको बताए । जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले पक्राउ परेका सेवनकर्ता २८ वर्षीय राजेश गुरागाईंका साथबाट ५० एमजीको ट्याब्नाडोल तीन थानसहित पक्राउ गरेर सोधपुछका क्रममा रोधरोधस्थित सुजु मेडिकलबाट खरिद गरेको बताएपछि प्रहरीले उक्त मेडिकलमा छापा मारेको बताए ।

प्रहरीले उक्त फार्मेसीबाट टपेनाडोल ५० एमजीका तीन सय २० थान ट्याब्लेट र टपेनाडोल एक सय, एमजीका २१० थान ट्याब्लेट बरामद गरेको प्रनाउ नेउपानेले बताए । प्रहरीले भक्तपुरको सल्लाघारीस्थित रानीपोखरीबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको शैलुङ गाँउपालिका–६ घर भई भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीय सुशील कार्की र रामेछापको मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने २२ वर्षीय हिरे माझी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध ५० एमजीका ७० थान ट्रामा बरामद गरिएको प्रनाउ नेउपानेले जानकारी दिए । यसअघि पनि प्रहरीले फार्मेसी र ब्युटीपार्लरबाट अवैध लागूऔषध कारोबार भइरहेको अवस्थामा पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले लागुऔषधि कारोबार रोक्न फार्मेसीदेखि ब्युटीपार्लरसम्म गोप्य सर्च अभियान सञ्चालन गर्ने प्रहरीले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: