Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

खबरडबली संवाददाता

भक्तपुर । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न थालेको आशङ्कामा गोप्य ‘सर्च’ गर्नाका साथै छापा मार्न थालेको छ ।

मानवीय शरीरजन्य रोगका उपचारका लागि सरकारले स्वीकृत दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागुऔषध कारोबार गर्न थालेपछि प्रहरी यसतर्फ केन्द्रित हुँदै पक्राउ गर्न थालेको प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष लागुऔषध कारोबारको अभियोगमा भक्तपुरमा एक जनालाई पनि पक्राउ नगरेको प्रहरीले यही कात्तिक महिनामै पाँच घटनामा १० जनालाई पक्राउ गरेको उनले जानकारी दिए । प्रहरी उपरीक्षक बुढाथोकीले भने, “म आएको एक महिना भयो, अघिल्लो वर्षको अपराधको तथ्याङ्क अध्ययन गर्ने क्रममा अघिल्लो आर्थिक वर्षमा लागुऔषध कारोबारी र दुव्र्यसनी कोही पनि पक्राउ नपरेको, मुद्दा नचलेको र भक्तपुर लागुऔषधमा शून्य भएको पाएँ, मलाई शङ्का लाग्यो र अभियान सुरु गरे, अवस्था फरक रहेछ, धमाधम पक्राउ गर्न थालेका छौँ ।”

उनले औषधि व्यवसाय नै लागुऔषध कारोबारको हब बन्न थालेको आशङ्का पैदा भएको जनाउँदै औषधि पसल, ब्युटीपार्लरदेखि प्रयोगकर्तासम्मलाई पक्राउ गर्ने अभियान सुरु गरेको बताए । प्रहरीले गत शनिबार मध्यपुरथिमि–९ राधेराधेस्थित सुजु मेडिकलबाट लागुऔषधको कारोबार गरेको पाइएपछि सञ्चालक ४८ वर्षीय गणेशप्रसाद आचार्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको उनले भने । प्रहरी उपरीक्षक बुढाथोकीले भने, “सुजु मेडिकलबाट लागुऔषध बिक्री वितरण भइरहेको अवस्थामा फार्मेसीबाट पाँच सय ३० थान ट्याब्लेट लागू औषध बरामद गरेका छौँ, त्यसैगरी मध्यपुरथिमि नगरपालिका–१ लौहकिन्थली अर्को फार्मेसीका सञ्चालक रोहित सिंहसहित बलिराम खड्कालाई एक सय ८० ट्याब्लेट लागुऔषधसहित पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।” 

उनले लागुऔषध दुर्व्यसन रोक्न यसको कारोबार नै रोक्नुको विकल्प नभएको भन्दै प्रहरी त्यसमा केन्द्रित भएको बताए । जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले पक्राउ परेका सेवनकर्ता २८ वर्षीय राजेश गुरागाईंका साथबाट ५० एमजीको ट्याब्नाडोल तीन थानसहित पक्राउ गरेर सोधपुछका क्रममा रोधरोधस्थित सुजु मेडिकलबाट खरिद गरेको बताएपछि प्रहरीले उक्त मेडिकलमा छापा मारेको बताए ।

प्रहरीले उक्त फार्मेसीबाट टपेनाडोल ५० एमजीका तीन सय २० थान ट्याब्लेट र टपेनाडोल एक सय, एमजीका २१० थान ट्याब्लेट बरामद गरेको प्रनाउ नेउपानेले बताए । प्रहरीले भक्तपुरको सल्लाघारीस्थित रानीपोखरीबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको शैलुङ गाँउपालिका–६ घर भई भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीय सुशील कार्की र रामेछापको मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने २२ वर्षीय हिरे माझी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध ५० एमजीका ७० थान ट्रामा बरामद गरिएको प्रनाउ नेउपानेले जानकारी दिए । यसअघि पनि प्रहरीले फार्मेसी र ब्युटीपार्लरबाट अवैध लागूऔषध कारोबार भइरहेको अवस्थामा पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले लागुऔषधि कारोबार रोक्न फार्मेसीदेखि ब्युटीपार्लरसम्म गोप्य सर्च अभियान सञ्चालन गर्ने प्रहरीले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending