Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । लमजुङ, बेसीशहर नगरपालिका-७ भुपु सैनिक स्कुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ३ सय ५३ क्याप्सुल र नगद ३५ हजार ४ सय ३० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेसीशहर नगरपालिका-७ सातबिसे बस्ने २७ वर्षीय उमेश गुरूङ र मर्स्याङदी गाउँपालिका-८ सिमलचौर बस्ने २६ वर्षीय खोम बहादुर गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१७ मटेर्वा चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-११ पिचरा बस्ने ३७ वर्षीय राजेन्द्र पोख्रेल र सोही महानगरपालिका-१० तीनटोलिया बस्ने ४२ वर्षीय कुशल थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३-०२-००६ प ३०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-६ गछीया बस्ने ३२ वर्षीय युवराज खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सेउती पुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीय मौषम लिम्बु, २३ वर्षीया सृजना राई र २५ वर्षीया निशा श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले को.३४  प ३३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगपालिका-९ डेरा गरी बस्ने सिराहा घर भएका २३ वर्षीय अंकित कुमार सिंहको कोठाबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ३ सय क्याप्सुल र स्पास्पेन ६ हजार ६ सय २६ ट्याब्लेट फेला पारी अंकित, धरान उपमहानगरपालिका-८ बस्ने २० वर्षीय साइमन राई र २३ वर्षीय सागर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी सुनसरी, धरान उपमहानगपालिका-३ स्थित लालीगुराँस होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ बगरकोट बस्ने २४ वर्षीय रवि भन्ने राम श्रेष्ठ र सोही उपमहानगरपालिका-१६ गणेशमानचोक बस्ने २२ वर्षीया मेलिना राई रहेका छन् । वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सर्लाही, इश्वरपुर नगरपालिका-१२ स्थित फुलजोर-डोमखोरिया सडकखण्डको जंगल एरियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रहम्पुरी गाउँपालिका-५ बस्ने २२ वर्षीय अबिनाश कापर र २७ वर्षीय बिक्रम कापर रहेका छन् । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी पोष्ट कालिनजोर घारिबथानबाट खटिएको प्रहरीले बिआर ३० एजी ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी सर्लाही, बरहथवा नगरपालिका-१६ गंगापुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरीहरपुर गढी गाउँपालिका-८ पांचतले बस्ने  २९ वर्षीय वाङ दोर्जे थिङ र हरीवन नगरपालिका-४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरीले बा.प्र.०२-०२१ प २४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय एम्पुल, फेनारगन १ हजार १ सय ८५ एम्पुल र नुर्फिन १ हजार  १ सय ९५ एम्पुल सहित सोही महानगरपालिका-२५ बस्ने २३ वर्षीय राज महम्द देवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: