Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । लमजुङ, बेसीशहर नगरपालिका-७ भुपु सैनिक स्कुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ३ सय ५३ क्याप्सुल र नगद ३५ हजार ४ सय ३० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेसीशहर नगरपालिका-७ सातबिसे बस्ने २७ वर्षीय उमेश गुरूङ र मर्स्याङदी गाउँपालिका-८ सिमलचौर बस्ने २६ वर्षीय खोम बहादुर गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१७ मटेर्वा चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-११ पिचरा बस्ने ३७ वर्षीय राजेन्द्र पोख्रेल र सोही महानगरपालिका-१० तीनटोलिया बस्ने ४२ वर्षीय कुशल थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३-०२-००६ प ३०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-६ गछीया बस्ने ३२ वर्षीय युवराज खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सेउती पुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीय मौषम लिम्बु, २३ वर्षीया सृजना राई र २५ वर्षीया निशा श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले को.३४  प ३३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगपालिका-९ डेरा गरी बस्ने सिराहा घर भएका २३ वर्षीय अंकित कुमार सिंहको कोठाबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ३ सय क्याप्सुल र स्पास्पेन ६ हजार ६ सय २६ ट्याब्लेट फेला पारी अंकित, धरान उपमहानगरपालिका-८ बस्ने २० वर्षीय साइमन राई र २३ वर्षीय सागर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी सुनसरी, धरान उपमहानगपालिका-३ स्थित लालीगुराँस होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ बगरकोट बस्ने २४ वर्षीय रवि भन्ने राम श्रेष्ठ र सोही उपमहानगरपालिका-१६ गणेशमानचोक बस्ने २२ वर्षीया मेलिना राई रहेका छन् । वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सर्लाही, इश्वरपुर नगरपालिका-१२ स्थित फुलजोर-डोमखोरिया सडकखण्डको जंगल एरियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रहम्पुरी गाउँपालिका-५ बस्ने २२ वर्षीय अबिनाश कापर र २७ वर्षीय बिक्रम कापर रहेका छन् । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी पोष्ट कालिनजोर घारिबथानबाट खटिएको प्रहरीले बिआर ३० एजी ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी सर्लाही, बरहथवा नगरपालिका-१६ गंगापुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरीहरपुर गढी गाउँपालिका-८ पांचतले बस्ने  २९ वर्षीय वाङ दोर्जे थिङ र हरीवन नगरपालिका-४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरीले बा.प्र.०२-०२१ प २४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय एम्पुल, फेनारगन १ हजार १ सय ८५ एम्पुल र नुर्फिन १ हजार  १ सय ९५ एम्पुल सहित सोही महानगरपालिका-२५ बस्ने २३ वर्षीय राज महम्द देवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending