Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ४८ वर्षीय रामशरण अधिकारी, पञ्चकन्या गाउँपालिका ३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका ५२ वर्षीय उत्तम पण्डित, नुवाकोटकै शिवपुरी गाउँपालिका ३ घर भइ काठमाडौंको गंगबु बस्दै आएका ३६ वर्षीय पल छिरिङ शेर्पा, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका ३ घर भइ हाल काठमाडौंको बसुन्धरा बस्ने २६ वर्षीय रमेश तामाङ र मकवानपुरको बकैया गाउँपालिका १ घर भइ काठमाडौंको मुलपानी बस्दै आएका २१ वर्षीय संजय मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका पाँचैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको ट्राफिक प्रहरीले जनाएको छ  । बागमती प्रदेश ०२-०४७ प ४६ ६० नम्बर रहेको उक्त मोटरसाइकल काठमाडौंको बानियाटारबाट हराएको भनि सुमन खड्काले निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४६ प ३३ ७१ नम्बरको मोटरसाइकल काठमाडौंको टोखामा रामशरणले चलाउँदै गरेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको थियो । रामशरणलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उत्तमबाट लिएको र उत्तमलेपनि सोही मोटरसाइकल पल छिरिङसँगलिएको खुल्न आए पश्‍चात् दुवैजनालाई काठमाडौंको ठमेलबाट हिजैट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानकै क्रममा पल छिरिङलेसमेत उक्त मोटरसाइकल रमेशबाट लिएको भन्ने खुल्न आएपछि खोजी गर्दै जाँदा काठमाडौंको पानीपोखरीमा बागमती प्रदेश ०२-०४८ प ०९ ३३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा रमेश र संजयलाई हिजो नै ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका उनिहरुका साथबाट लक तोड्न प्रयोग हुने औजार समेत ट्राफिक प्रहरीले बरामद गरेको छ । रमेश र संजय सवार उक्त मोटरसाइकलको वास्तविक नम्बर लुम्बिनी प्रदेश ०१-००२ प ७० ५४ रहेको खुल्न आएको थियो । सोही मोटरसाइकल काठमाडौंको बुढानिलकण्ठबाट हराएको भनि नवराज बरालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजि तथा थप अनुसन्धान कार्य जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए । 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता चतुर्वेदीले अनुरोध गरेका छन् ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम सजग भइ सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ । 

साथै सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपालप्रहरीको हटलाईन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: