Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

चाड पर्व सकिएसँगै धान काट्न व्यस्त छन् सप्तरीका किसान

खबरडबली संवाददाता

सप्तरी । तिहार र छठ सकिएसँगै सप्तरीको पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् । यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले साथ दिएपछि किसान उत्साहित छन् । 

जिल्लाको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिका तथा तिरहुत, महादेव र अग्निकृष्णासवरण गाउँपालिकाका किसान धान भित्र्याउन व्यस्त हुन थालेका हुन् । अग्निकृष्णासवरण–४ का किसान रमेश यादवले मौसमले साथ दिएकाले धान भित्र्याउन सहज भएको बताए । धान काटिसकेर गहुँ लगाइने भन्दै उनले पानी नपर्दै गहुँ छर्नुपर्ने भएकाले हतारमा काम भइरहेको उल्लेख गरे । 

‘गाउँका अधिकांश युवा वैदेशिक रोजगारमा गएकाले गाउँघरमा धान काट्ने मजदुरको अभाव छ । वर्षभरि घर खर्च चलाउन १० कठ्ठा जग्गामा धान रोपेका छौँ । समयमा भित्र्याएर गहुँ छरेपछि अलि फुर्सद हुन्छ,’ यादवले भने । स्थानीय सरस्वतीदेवी यादवले पनि परिवारलाई सघाउँदै छिन् । उनले खेतीपाती गर्न मेहनत आवश्यक पर्ने भन्दै सरोकार भएका निकायले किसानलाई आवश्यक अनुदान तथा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिइन् । 

यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, आलु, तरकारी, मकै र गहुँ लगाउने गर्दछन् । धान वर्षभरिको खर्च जुटाउने मुख्य बाली भएकाले परिवारका सबै सदस्य काममा खटिएको सरस्वतीदेवीले बताइन् । पाकेको बाली काटर मात्रै राख्दा झरेर जाने समस्या आउने भएकाले कुट्ने, झार्ने, थन्काउने काममा अग्निकृष्णासवरणको बनौली, टेङगरी, चिमटीलगायत क्षेत्रका किसान व्यस्त भएका स्थानीय मनोजकुमार यादवले बताए । 

गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सप्तकोशी, मोहुली, जीतालगायत खोला किनारमा रहेका अधिकांश किसानको धानखेत बगरमा परिणत भएको थियो । तिरहुत–३ का बुधिलाल यादवले भित्र्याउने बेला भएको धानखेत बगर बनेपछि पीडित अहिले राहत र सहयोगको पर्खाइमा रहेको बताए । यहाँस्थित चन्द्रनहरबाट समयमा सिँचाइ सुविधा नपाउँदा किसान अकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । आठ महिनादेखि नहरको पुलहरू पुनःनिर्माण भइरहेकाले सिँचाइ अभाव भएको स्थानीय बताउँछन् ।

चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरबाट महादेवा गाउँपालिकाको पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’ पुनःनिर्माण भइरहेका छन् । जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरियालगायत गाउँमा किसानले यसअघि चन्द्रनहरबाट सिँचाइ सुविधा पाउने गरेकामा अहिले महँगोमा डिजल तथा विद्युतीय प्रणालीमार्फत सिँचाइ व्यवस्था मिलाइएको महदेवा गाउँपालिकाका किसान महेन्द्रप्रसाद यादवले बताए । जिल्लास्थित कृषि ज्ञान केन्द्रले यस वर्ष समयमा रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यस वर्ष बढी उत्पादन हुने अनुमान गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: