Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सिरहा कारागार प्रकरण : छानबिन गर्न समिति गठन

खबरडबली संवाददाता

सिरहा । सिरहा कारागारमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो । 

प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहनेगरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । उनका अनुसार समितिले सोमबारदेखि काम सुरु गर्नेछ ।

छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ । छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढ्ने प्रजिअ दाहालले बताए । 

केही दिनअघि कारागारभित्रै मूल नाइके र अन्य कैदीहरुले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । यस्तै, कारागारमा लागूऔषध उपलब्ध हुनेगरेको तथ्य पनि खुलेको  थियो । यसअघि शनिबार कारागारमा सिरहाका प्रजिअ दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतको उपस्थितिमा अनुगमन गरिएको थियो । उक्त अनुगमनका क्रममा कारागारमा सुर्ती, चुरोटलगायतका अवैध वस्तुहरू भेटिएको बताइएको छ । 

यस्तै, यस प्रकरणमा कारागार व्यवस्थापन विभागले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा नै निर्देशन दिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending