ताप्लेजुङ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको मूल्य मन (४० किलोग्राम) को अर्थात् ९७ हजार रुपियाँ पुगेको हो ।
स्थानीय व्यवसायी कमल बरालका अनुसार शनिबार प्रतिमन ९७ हजार रुपियाँमा कारोबार भएको छ । ठुलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैँची उक्त मूल्यमा खरिदबिक्री भएको उनले जानकारी दिए । सामान्य अर्थात् चलनचल्तीको अलैँची भने प्रतिमन ९१ हजार रुपियाँमा कारोबार भएको उनले बताए ।
व्यवसायीका अनुसार शुक्रबारसम्म अलैँचीको मूल्य स्थानीय बजारमा मनको ९० हजार रुपियाँ रहेको थियो । प्रतिमन एक हजार र एक हजार पाँच सय रुपियाँले वृद्धि हुँदै आएको अलैँचीको मूल्य यस पटक एकैचोटी छ हजार रुपियाँभन्दा बढीले वृद्धि भएको व्यवसायी बताउँछन् । यस वर्ष अलैँची बजारमा उपलब्ध हुन सुरु हुँदा नै मूल्य मनको ६० हजार रुपियाँभन्दा माथि थियो ।
अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । भदौको पहिलो सातादेखि बजारमा पाउन थालेको अलैँचीको मूल्य यस पटक सामान्य भए पनि निरन्तर बढिरहेको अध्यक्ष रेग्मीले बताए । अहिले अलैँची निस्कने बढ्नेक्रम पनि जारी रहेको छ । हिजोआज लेक क्षेत्रमा रहेको बगानबाट किसानले धमाधम अलैँची निकाली रहेका छन् । मङ्सिर पहिलो सातासम्ममा अलैँची टिप्ने र थन्क्याउने काम सकिने किसानको भनाइ छ ।
अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ भने नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन हुने जिल्ला पनि हो । यहाँ करिब चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट करिब तीन हजार मेट्रिक टन अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । यता अलैँचीको मूल्य निरन्तर बढ्दै जाँदा स्थानीय किसान तथा व्यवसायी उत्साहित छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: