सिन्धुली । सिन्धुलीको हरिहरपुरमा एक जनामाथि गोली प्रहार भएको छ । मकवानपुरबाट सिन्धुलीतर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
तराई मूलका ३ जना अपरिचित व्यक्तिले बागमती गाउँपालिका–१ का प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काका अनुसार मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा बोम्जनमाथि गोली प्रहार भएको हो ।
उनका अनुसार ३ जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार उनलाई रोकी छोटो हतियार (कट्टा) प्रहार गरेका थिए । गोली प्रहार गरेसँगै तीनै जना फरार रहेको प्रहरी उपरीक्षक खड्काले बताए । बोम्जनसँगै सवार रहेका उनका भाइ दिल बहादुर बोम्जन भने सकुशल रहेका छन् ।
गोली प्रहारबाट मोटरसाइकल चलाइरहेका बोम्जनले प्रयोग गरेको हेलमेटको दायाँ तर्फबाट गाला छेडिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । गोली बोम्जनको दाँतमा अड्किएको उनको भनाई छ । गोली प्रहारबाट घाइते भएका बोम्जनको सर्लाहीस्थित मोडल अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्जको वयोधा अस्पताल पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।
बोम्जनको अवस्था सामान्य रहेको उनको भनाई छ । गोली प्रहार गरी फरार रहेका समूहको खोजीकार्य भइरहेको उनले बताए । बोम्जन बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: