लमजुङ । लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मर्स्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनसहित जिल्लाका अन्य प्रसारण लाइनको निरीक्षणपछि उदीपुर सबस्टेशनबाट विद्युत् वितरण सम्भव रहेको जनाएसँगै आजदेखि जिल्लामै उत्पादित वितरण सुरु गरिएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिए ।
यसअघि जिल्लामा दमौलीबाट आउने ३३ केभी प्रसारण लाइनबाट विद्युत् वितरण हुँदै आएको थियो । “यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएर पुनःलमजुङ आउन ६० किमी दुरी पार गर्नुपर्ने थियो । उदीपुरस्थित सबस्टेसनबाट वितरण भएसँगै अब दुई किमी दुरी पार गर्नुपर्ने हुन्छ । यसले करिब ५८ किमी क्षेत्रको विद्युत्मा समस्या हुँदा लमजुङमा आपूर्ति बन्द हुने समस्या अन्त्य हुनेछ”, केन्द्रका प्रमुख भट्टराईले भने ।
दमौलीबाट वितरण हुँदा अन्य ठाउँमा भएका समस्याले जिल्लामा विद्युत् आपूर्ति बन्द हुने गरेको थियो । अहिलेसम्म दमौलीको लाइनका कारण लमजुङमा विद्युत् आपूर्तिमा अवरोध हुन्थ्यो । यहाँ उत्पादित विद्युत् जडान गरेपछि विद्युत् ट्रिपिङ (झ्याप्प झ्याप्प बिजुली जाने) को समस्या धेरै हदसम्म न्यूनीकरण हुने केन्द्र प्रमुख भट्टराईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: