Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

भैरहवासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थप उडानको प्रयास गर्दैछौं: मन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे गौतमबुद्ध  र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन व्यक्त गरेका छन् । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिवार गरी चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान भएको अवसरमा मन्त्री पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल संचालनका लागि पहिलो प्राथमिकता राखेको कुरा प्रष्ट पारेका हुन् । 

मन्त्री पाण्डेले भनेका छन्, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतमा राखेर सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने  निर्णय गर्यौं । त्यसैको परिणाम स्वरुप अहिलेको उडान सम्भव भएको हो । 

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको छ र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरु भईरहेका छन् । विज्ञप्तिमा मन्त्री पाण्डेले ठूलो पुँजी  लागानी गरेका विमानस्थल पूर्णरुपमा सञ्चाल हुन त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायतका अन्तर सम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरुको विकास हुनु आवश्यक हुन्छ, उनले भनेका छन्, ती सम्पूर्ण पूवार्धार निर्माण, यात्रु तथा विमान कम्पनीहरु अभ्यस्त हुन केही समय लाग्न सक्छ । यी तमाम कामलाई चरणवद्ध रुपमा सम्पन्न गर्न पर्यटन तथा नगरिक उड्डयनमन्त्रालय र सरकार प्रतिवद्ध छ । 

मन्त्री पाण्डेले भनेका छन्, राज्यको लगानीमा निर्माण भएको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको दुई वर्षसम्म पनि जजिरा एयर हवाई कम्पनीले केही समयका लागि गरेको उडान बाहेक कुनै पनि अन्तर्राष्ट्रिय हवाई उडान नभर्दा स्थानीय व्यबसायी लगायत आम सर्वसधारणमा निराशाको वातावरण बनेको थियो । 

मन्त्री पाण्डेले  सामान्य वा ठूलो लागनीका व्यबसाय वा उद्योग वा विकास पूर्वाधार स्थापना भएको भोलिपल्टबाटै नाफामा वा ‘ब्रेक इभन’मा जाँदैनन् र केही समय त्यसका लागि कुर्नुपर्छ भन्ने कुरा हामी सबैलाई स्मरण गराउँदै अन्तर्राष्ट्रिय विमानस्थल जस्तो वृहत विकास परियोजना त्यसमा पनि हाम्रो जस्तो भौगोलिक तथा भूराजनीतिक जटिलता भएको देशमा तत्कालै पूर्ण क्षमता सञ्चालनमा आउने कुरा संभव नभएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, भैरहवा विमानस्थल निर्माण सम्पन्न भए पनि यसमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जस्ता उपकरण सञ्चालन गर्न र सहज हवाई रुटका लागि छिमेकी मित्रराष्ट्र भारतबाट स्वीकृति लिनु पर्ने जस्ता प्राविधिक समस्याहरु विधमान थिए र यी विषय अझै पनि छलफलका क्रममा छन् । जसले गर्दा दुई वर्षसम्म यी विमानस्थलबाट पनि खासै सेवा सञ्चालन हुन सकेन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा सवारी दुर्घटनामा ६ जना घाइते

उदयपुर ।  उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका ...

करदाता सेवा कार्यालय खारेजीको विरोधमा राजविराज बजार बन्द

सप्तरी । करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ । संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्...

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्...

हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेश पाउन असफल भएका छन् । सर्वोच्च अदालतले उनलाई प्राधि...

प्रतिनिधिसभा निर्वाचन: प्रचार–प्रसार अवधि १४ दिनको मात्रै हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले फागुन २१ गतेका लागि मिति तोकिएको निर्वाचनका तयारी तीव्र...

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कक क्षेत्रमा पक्राउ अभियान जारी

रामल्ला । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने ...

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाए...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्त...

लेबनानमा भएको इजरायली आक्रमणको इरानद्वारा निन्दा

तेहरान । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता“को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले ...

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending