काठमाडौं । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको चराङ र घमीमा सञ्चालन गरिएको शिविरमा करिब चार सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा चीनबाट आएका चिकित्सकसहित आधुनिक चिकित्सा पद्धति र परम्परागत सोवारिग्पा उपचार पद्धतिका १६ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए भने बिरामीलाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा नीमाछिरिङ नेपालीले जानकारी दिए ।
विगत छ वर्षदेखि देशका विभिन्न हिमाली जिल्लामा बसोबास गर्ने बासिन्दालाई लक्षित गरी चीनबाट समेत चिकित्सक झिकाएर बिरामीको निःशुल्क स्वाथ्य परीक्षण तथा दीर्घरोगीलाई औषधि वितरण गर्ने गरिएको र यसबाट दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत पुगेको अरनिको समाजका कोषाध्यक्ष डा सुशील प्रजापतिले बताए।
उनका अनुसार समाजको अग्रसरतामा यसअघि रसुवा, मुस्ताङ, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८१ - १९:४२
भैरहवा । अल्लो र ढाका भन्दावित्तिकै धेरैले स्वदेशी उत्पादन सम्झन्छन् । यसबाट बनेका पहिरन लगाउने धेरैको चाहना हुन्छ । शरीरमा लगाउँदा सुहाउने, नेपाली पह...
मंसिर २२ गते, २०८१ - १६:५९
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा ...
मंसिर २२ गते, २०८१ - १०:०५
कैलाली । कैलालीमा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको हो । शुक्रवार साँझ ज...
मंसिर २२ गते, २०८१ - ०९:५७
गोरखा । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले...
मंसिर २२ गते, २०८१ - ०९:५४
दाङ । दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँ...
मंसिर २२ गते, २०८१ - ०९:५१
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको अध्यक्ष तथा सदस्यमा सिफारिस भएका ४० जनामाथि उ...
मंसिर २२ गते, २०८१ - ०९:४८
काठमाडाैं । हलिउडकी चर्चित कलाकार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन् । चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्...
मंसिर २२ गते, २०८१ - ०९:४६
म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप...
मंसिर २२ गते, २०८१ - ०९:४३
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै व...
मंसिर २२ गते, २०८१ - ०९:४१
काठमाडाैं । यस क्रिसमस अघि वैज्ञानिकहरूले मानिसहरूलाई ठूलो उपहार दिएका छन्। क्रिसमसमा उपहार बाँड्ने सान्ता बास्तवमा कस्ता थिए भन्ने प्रश्न तपाईको मनमा...
प्रतिकृया लेख्नुहोस्: