Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय  पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।

जिल्लामा आउने जोकोही पनि एक पटक रेसुङ्गामा नपुगी फर्कदैनन् । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले पनि रेसुङ्गा आफैमा एउटा अद्भूत ऐतिहासिक एवं प्राकतिक क्षेत्र पनि हो । केही समय अघिसम्म सडक र यातायातको सहज पहुँच नहुँदा यस क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो ।

यस क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । जङ्गलकोमध्य भागहुँदै कालोपत्र सडकबाट यात्रा गर्दा यहाँ घुम्न आउनेहरु निकै रमाइलो आनन्द मान्ने गर्दछन् । पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटनसँगै बाह्य पर्यटकको पनि मुख्य रोजाइको क्षेत्र बनेको छ । फ्रान्स, जर्मन, जापान, कोरिया, अमेरिका, बेलायत जस्ता देशबाट यहाँ घुम्नका लागि आउने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए । रेसुङ्गा क्षेत्रको यज्ञशाला नजिकै रहेको ‘भ्यूटावर’बाट माछापुच्छ्रे, धौलागिरि जस्ता सुन्दर हिमालको दृश्यले पर्यटकको मन लोभ्याइ दिन्छ । 

गत वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास नजिकै सिमिचौरबाट हवाई सेवा सञ्चालनमा आएपछि जिल्लामा पर्यटन प्रवद्र्धनका लागि थप टेवा पुगेको रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले बताइन् । गुल्मीमा आउने पर्यटकलाई नगरपालिकाले स्वागत गर्ने र उनीहरुलाई यस क्षेत्रमा रहेका पर्यटकीयस्थल घुम्नका लागि प्रेरित गर्ने कामको थालनी गरेको छ । नगरपालिकाले गत वर्षदेखि सञ्चालन गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानले पनि जिल्लाको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुगेको उपप्रमुख कुँवरले बताइन् ।

हालै नेपाल भ्रमणको क्रममा नेपाल एरलायन्सको टुइनेटर जहाजमार्फत गुल्मीको रेसुङ्गा विमानस्थल आइपुगेका फ्रान्सेली पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता देखेर आफुरुलाई भिन्नै रमाइलो अनुभव भएको सुनाए । उनीहरुलाई नगरपालिकाले रेसुङ्गा क्षेत्रको भ्रमण गराएको थियो ।

जिल्लामा आउने पर्यटक रेसुङ्गा क्षेत्रसँगै, विचित्र गुफा, कालीगण्डकीलगायत ठाउँको भ्रमण गरि फर्कने गर्दछन । जिल्लामा आउने बाह्य पर्यटकलाई रेसुङ्गा नगरपालिकाले विमानस्थलमै पुगेर स्वागत गर्ने गर्दछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending