Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयनसँगै ट्रम्पको पहिलो नियुक्ति

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गरेका छन् । 

उनले रूसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान प्रशासनको नीतिलाई तोड्ने आफ्नो मनसाय रहेको सङ्केत गरेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक सुसी विल्सलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका छन् । ट्रम्पले पहिलो नियुक्तिमा उच्च ओहोदाको जिम्मेवारीमा महिला सहयोगी छान्दै आफूलाई महिलामैत्री प्रमाणित गर्न खोजेका छन् । 

डेमोक्र्याटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई  पराजित गर्ने ट्रम्पको विजयले चुनावको दुई दिनमा नै र ह्वाइट हाउस फर्कनुभन्दा साढे दुई महिना अघि नै अमेरिकी र विश्व राजनीतिमा तरङ्ग पैदा गरेको छ । रूसी राष्ट्रपति पुटिनले गत जुलाईमा एक र्‍यालीमा हत्याको प्रयासपछि ट्रम्पले आफूलाई सम्हाल्ने तरिकाका लागि ’साहसी’ भएको भन्दै प्रशंसा गरेका थिए । अरबपति ट्रम्पले पछि एनबीसी न्यूजसँग भनेका थिए, “मैले मलाई वर्षौंदेखि बारम्बार प्रशंसा गर्दै आएका पुटिनसँग ऐलेसम्म कुरा गरेकाे छैन । “मलाई लाग्छ हामी कुरा गर्नेछौँ ।”

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेयता बाइडेन र पुटिनबीच कायम रहेको चिसो सम्बन्धबाट यो भूकम्पीय परिवर्तन हो र ट्रम्पले किएभलाई अमेरिकी समर्थनको आलोचना गरेको छ । राष्ट्रपति ट्रम्पले यसअघि उक्त द्वन्द्वमा शान्ति सम्झौता गर्ने बताएका थिए तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्दै युद्धविरामको आह्वान ’खतरनाक’ भएको बताएका थिए । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ यसअघि ट्रम्पलाई बधाई दिने विदेशी नेताहरूको सूचीमा सामेल भइसकेका छन् । ह्यारिसले चुनाव अभियानका क्रममा तानाशाहसँग धेरै मित्रवत् व्यवहार गरेको भन्दै आलोचना गरेकी थिइन । ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक रूपमा देशनिकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउँदै यसको ‘कुनै विकल्प नभएको’ र ‘कुनै मूल्य ट्याग’ हुन नसक्ने एनबीसीसँग बताए । ट्रम्पले फ्लोरिडास्थित आफ्नो रिसोर्टमा आफ्नो ट्रान्जिसन टिममा काम गर्न थालेपछि बाइडेनले शान्तिपूर्ण र ‘व्यवस्थित’ तरिकाले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । 

सन् २०२० को चुनावमा ट्रम्पले आफ्नो पराजय स्वीकार्न इन्कार गरेको भए पनि यसको विपरीत ८१ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई ‘तापक्रम घटाउन’ आग्रह गरेका थिए । डेमोक्र्याट नेताले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि निमन्त्रणा गरेका थिए । तर बाइडेनका प्रवक्ताले भने ट्रम्पको टोलीले कानुनी सङ्क्रमण प्रक्रिया सुरु गर्न अनुमति दिने महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर नगरेको बताए । 

ह्वाइट हाउसको रोज गार्डेनबाट सम्बोधन गर्दै बाइडेनले डेमोक्र्याटहरूलाई आशा नगुमाउन आग्रह गर्दै एकताका लागि आह्वान गर्दै भने, “नबिर्सनुहोस्, हारको अर्थ हामी पराजित हुनु होइन ।” यद्यपि बाइडेनले आफ्नो उमेरको बावजुद दोस्रो कार्यकालका लागि चुनाव लड्ने प्रारम्भिक निर्णय, जुलाईमा अन्तिम समयमा पद छोड्नुअघि र उपराष्ट्रपति ह्यारिसलाई बागडोर सुम्पिनुभन्दा पहिले नै पार्टीमा औंला उठिसकेको छ । 

ह्वाइट हाउसले बाइडेनलाई कुनै पछुतो नभएको बताएको छ । प्रेस सचिव करिन जीन पियरेले भने, “उहाँले त्यो समयमा यो सही निर्णय हो भन्ने विश्वास गर्नुभएको थियो ।” धाँधली, दुई महाभियोग र ७८ वर्षको उमेरमा सबैभन्दा बढी उमेरका निर्वाचित राष्ट्रपति भएको तथ्यका बाबजुद ट्रम्पको निर्वाचनले बाइडेनको कार्यकालबाट परिवर्तनको लागि मतदाताहरूको चाहनालाई प्रतिबिम्बित गर्दछ । 

अर्थतन्त्र र आप्रवासी समस्यालाई लिएर व्यक्त भएका मतदाताको चिन्ताले ट्रम्पको जितलाई प्रेरित गरेको छ । ट्रम्पको पहिलो क्याबिनेट चयन वाइल्सलाई उनको टोलीमा व्यापक समर्थन प्राप्त छ र बुधबार बिहान उनको विजय भाषणको क्रममा विशेष गरी स्टेजमा बोलाइएको थियो । ट्रम्पले फ्लोरिडाका ६७ वर्षीय स्टिलीवासी सुसीबारे भने, “सुसी कडा, स्मार्ट, नयाँ हुनुहुन्छ, विश्वव्यापी रूपमा उहाँलाई प्रशंसा र सम्मान छ । सुसीले अमेरिकालाई फेरि महान् बनाउन अथक प्रयास जारी राख्नुहुनेछ ।”

ट्रम्प २.० प्रशासनमा स्थानका लागि अन्य अग्रगामीहरूले यसले लिने विघटनकारी आकारलाई प्रतिबिम्बित गर्दछ । ट्रम्पले स्वास्थ्य सेवामा ‘ठूलो भूमिका’ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र खोप विरोधी आन्दोलनका एक प्रमुख व्यक्ति रोबर्ट एफ केनेडी जुनियरले बुधबार एनबीसी न्यूजसँग भने, “म कसैको खोप लगाउने अधिकार खोस्ने छैन ।”

तर पूर्व स्वतन्त्र उम्मेदवारले ट्रम्प प्रशासनले सार्वजनिक पानीको आपूर्तिमा फ्लोराइडको मात्रा नियन्त्रणका लागि सिफारिस गर्ने दोहोर्‍याए । दक्षिणपन्थी स्पेसएक्स, टेस्ला र एक्सका प्रमुखले उत्साहपूर्वक ट्रम्पलाई समर्थन गरेपछि विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पनि सरकारी फोहोरको लेखापरीक्षण गर्ने काममा सहमत हुनसक्ने बताइएको छ । ट्रम्पले बाइडेनद्वारा हस्ताक्षरित धेरै नीतिहरूलाई उल्ट्याउने अपेक्षा गरिएको छ । रासस/एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending