काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद्व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी , युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य शुरु भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
जोखिम पूर्वतयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरु सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । प्राकृतिक प्रकोपबाट नागरिकले कष्ठ पाईरहेको अवस्थामा जापानी संस्थासंगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्याङकको अभावमा पनि उद्धार राहत तथा पुर्नस्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताउनुभयो । जापानी निकायसंगको प्राविधिक सहकार्यमा बास्तविक लगत संकलन गर्न सकिने बताए ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले विपद् व्यवस्थापनमा जपानी संस्थाहरुसंग चेम्बरले गर्ने सहकार्यलाई स्थानीय तहसम्म पु¥याईने बताए ।
सो कार्यक्रम चेम्बरले ५ वर्ष अघि नै शुरु गर्ने तयारी गरेपनि कोभिडका कारण प्रभावित भएको वरिष्ठ उपाध्यक्ष अग्रवालले बताए । जापानी संस्थासंगको प्राविधिक सहयोग एवं सहकार्यमा विपद् पूर्वतयारी एवं जनचेतनालाई प्रभावकारी बनाईने उनको भनाई छ ।
अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा. इकुटा एसुकेले विपद व्यवस्थापन सम्वन्धी सम्पुर्ण कार्यक्रममा बढी भन्दा बढी जनसभागिता हुनुपर्नेमा जोड दिए ।रेजिलेन्स रिर्सच सेन्टर मार्फत विपद व्यवस्थापन प्रतिकार्य सम्वन्धी जनचेतना अभिवृद्धि एवं प्राविधिक सहयोगका लागि चेम्बरसंग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: