Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

खबरडबली संवाददाता

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईलेले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् । “यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको हाम्रो बुझाई रहेको छ,” बाघाईले पत्रकार सम्मेलनमा भनेका हुन् । “यसले आफ्नो रक्षा गर्ने (इरानको) सङ्कल्पलाई रोक्न सक्दैन,” उनले भने । 

अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ । अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानसमर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमाण्डरको हत्या गरेको थियो भने यसको बदलामा पुनः इजरायलले इरानविरूद्ध आक्रमण गरेको थियो । 

उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमले पनि एक जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् । बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन् । इरानसमर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए । 

इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो । सोमबार इरानका राष्ट्रपति मसूद पेजेशकियानले इरानसँग क्षेप्यास्त्र रहेको भन्दै इजरायलले हामीमाथि आक्रमण गर्ने आँट नगर्ने बताएका थिए । पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत रहेको बताए । 

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...

‘उज्यालो गण्डकी’ अन्तिम चरणमा

गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending