Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

उदयपुरमा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

खबरडबली संवाददाता

उदयपुर । उदयपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौदण्डिगढी २ माडीबासका ४३ वर्षीय तिलक राईको मृत्यु  भएको हो।

त्यस्तै  मोटरसाइकल पछाडि सवार गम्भीर घाइते भएका छन् । मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार खण्ड चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित सशस्त्र प्रहरी बल बेसक्याम्प अगाडि दुर्घटना भएको हो ।

प्रहरीका अनुसार काठमाडौँबाट झापातर्फ जाँदै गरेको प्रदेश ०१–०२६ च ५०६२ नं‍. को हुण्डाई कारले बेलटारबाट गाईघाटर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ८८४९ नं. को मोटरसाइकललाई ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए । मध्यान्हको दुर्घटनामा गम्भीर घाइते राईलाई तत्काल उद्धार गरी उपचारार्थ नगर अस्पताल बेलटार लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः०० बजे निधन भएको हो।

इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी निरीक्षक सन्तोष कार्कीले जनाए अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय शरण राई  गम्भीर घाइते भएका छन् । उनलाई नगर अस्पतालमै उपचारपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ।

प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतक राईको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टारमा राखेको जनाएको छ।

दुर्घटनामा संलग्न जिप र जिप चालक नुवाकोट बेलकोटगढी नगरपालिका ३ का ५६ वर्षीय बासुदेव सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर कार्कीले बताए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

आवश्यक सतर्कता अपनाउन आग्रह

थमन विक हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी महतो पक्राउ

महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जोखिम !

सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय

८८१ थान भेप इलेक्ट्रोनिक चुरोट र नगदसहित पाँच जनालाई पक्राउ

काठमाडाैं ।  नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मन...

राष्ट्रिय सेवा दलसम्बन्धी नयाँ विधेयक संसद्मा

विशेष परिस्थितिमा नागरिकलाई सैन्य तालिम दिने सरकारकाे तयारी

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सव...

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्। बर्दियाको बढैयाता...

बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...

सरकारका १०० दिन : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन, अनुसन्धान र स्टार्टअप प्रवर्द्धनमा नयाँ अभ्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...

आज प्रतिनिधि सभा बैठक बस्दै, सार्वजनिक खरिददेखि सम्पत्ति शुद्धीकरण विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending