उदयपुर । उदयपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौदण्डिगढी २ माडीबासका ४३ वर्षीय तिलक राईको मृत्यु भएको हो।
त्यस्तै मोटरसाइकल पछाडि सवार गम्भीर घाइते भएका छन् । मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार खण्ड चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित सशस्त्र प्रहरी बल बेसक्याम्प अगाडि दुर्घटना भएको हो ।
प्रहरीका अनुसार काठमाडौँबाट झापातर्फ जाँदै गरेको प्रदेश ०१–०२६ च ५०६२ नं. को हुण्डाई कारले बेलटारबाट गाईघाटर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ८८४९ नं. को मोटरसाइकललाई ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए । मध्यान्हको दुर्घटनामा गम्भीर घाइते राईलाई तत्काल उद्धार गरी उपचारार्थ नगर अस्पताल बेलटार लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः०० बजे निधन भएको हो।
इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी निरीक्षक सन्तोष कार्कीले जनाए अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय शरण राई गम्भीर घाइते भएका छन् । उनलाई नगर अस्पतालमै उपचारपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ।
प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतक राईको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टारमा राखेको जनाएको छ।
दुर्घटनामा संलग्न जिप र जिप चालक नुवाकोट बेलकोटगढी नगरपालिका ३ का ५६ वर्षीय बासुदेव सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर कार्कीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: