Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

भियतनाममा ट्रामी आँधीका कारण पाँच जनाको मृत्यु

खबरडबली संवाददाता

हनोई । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकारीहरूले बिहीबार बताएका छन् । 

फिलिपिन्सपछि ट्रामीले आइतबार मध्य भियतनाममा प्रहार गरेको थियो । फिलिपिन्समा एक सय जनाभन्दा बढीको ज्यान लिएको थियो । बाढीले क्वाङ बिन्ह प्रान्तमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको कृषि मन्त्रालयले बिहीबार अनलाइन रिपोर्टमार्फत जनाएको छ । रिपोर्टअनुसार अझै पनि धेरै दुर्गम समुदायमा फोहोरमैलासहितको बाढीको पानी बगिरहेको छ । यसैगरी तीन सयभन्दा बढी घर तथा लगभग एक हजार तीन सय हेक्टरको बाली क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय सञ्चार माध्यामहरुले प्रसारण गरेका तस्बिरहरूले क्वाङ बिन्हको दुर्गम क्षेत्रका केही घरको छतमा बाढीको पानी पुगेको र अन्य समुदायका बासिन्दाहरूले प्रभावित भवनहरू सफा गर्ने काम गरिरहेको देखाएको थियो । हाल यस क्षेत्रका नदीहरूको जलस्तर बिस्तारै घट्दै गइरहेको भए पनि धेरै क्षेत्र अझै पनि बाढीबाट ग्रसित रहेको जनाइएको छ । भियतनाम उष्णकटिबन्धीय आँधीबेहरीको जोखिममा रहेकाले आकस्मिक बाढी पहिरोले हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने गर्छ

विज्ञहरूले मानव गतिविधिका कारण तीव्र जलवायु परिवर्तनले मौसमी ढाँचामा परिवर्तन आई विनाशकारी अवस्थाको सम्भावना अझै बढाउनसक्ने बताएका छन् । सेप्टेम्बरमा उत्तरी भियतनाममा यागी नामक आँधील तीन सय ४५ जनाको ज्यान लियो र अनुमानित तीन अर्ब ३० करोढ डलरको आर्थिक क्षति भएको जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: