Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मुस्ताङ जिल्ला अस्पतालमा दरवन्दी १८, कार्यरत चार जना

खबरडबली संवाददाता

मुस्ताङ । जिल्ला स्तरिय अस्पताल चार जनाको भरमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ । १५ शैयाको उक्त जिल्ला अस्पतालमा १८ जनाको दरवन्दी रहेको भए पनि दरबन्दीका चार जना मात्रै हाल अस्पतालमा कार्यरत छन् । 

पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदरकुण्ड एवम् उपल्लो मुस्ताङको लोमन्थाङ तथा कोरला भ्रमणका लागि आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने मुस्ताङको जिल्ला अस्पताल चार जनाको मात्रै भरमा छ । १८ जनाको दरबन्दी रहेको उक्त अस्पतालमा आठौं तहका निमित्त मेडिकल सुपरिटेण्डेन्टसहित दुई जना डाक्टर तथा एक जना डार्करुम अधिकृत र एक जना स्टाफनर्स मात्रै कार्यरत रहेकाे मुस्ताङ अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताइन । 

अस्पतालमै दरबन्दी रहेका एक जना प्रशासनका कर्मचारीको सरुवा भैसकेको छ भने एक जना अध्ययन बिदामा छन् । अस्पतालमा प्रशासन तर्फ पाँचौं-छैटाैं तहको अधिकृतको दरबन्दी रहे पनि त्यो खाली छ । त्यस्तै गरी स्टाफनर्स एक, अहेब तीन, अनमी दुई, ल्याब टेक्नीसियन एक र कार्यालय सहयोगी छ जना दरबन्दीका कर्मचारीको पद रिक्त छ । 

दरबन्दीको कर्मचारी नहुँदा अस्पतालमा सेवा दिनका लागि निकै समस्या हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.तेजस नेपालले जानकारी दिए । दरबन्दीका कर्मचारी नहुँदा करार तर्फबाट केही कर्मचारीहरु नियुक्त गरेर सेवा दिने प्रयास गरिएको भए पनि दरबन्दीमा रहेका कर्मचारी अस्पतालमा नहुँदा भने समस्या हुने उनको भनाइ छ । 

मुस्ताङ जस्तो ठाउँमा चिसोले गर्दा बिरामी धेरै पर्ने र भ्रमणमा आउने अन्यत्रका पर्यटकहरु पनि बिरामी परिरहने समस्या त्यसैमाथि हवाइ तथा सडक मार्ग पनि सहज नहुँदा बिरामीले सास्ती व्यहोर्ने गरेको होटल जोमसोम प्राइड होटलका सञ्चालक अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार मुस्ताङमा सिजनको समयमा दैनिक चारदेखि पाँच हजार पर्यटकहरु भित्रिने र त्यो समयमा बिरामी हुनेहरु पनि बढ्न सक्ने समस्या हुँदा अस्पतालमा कर्मचारी नहुँदा समस्या हुन्छ नै । 

हाल मुस्ताङ अस्पतालले तीन जना मेडिकल अधिकृत, एक जना नर्सिङ अधिकृत, दुई जना फार्मेसी सहायक, दुई जनजा ल्याब टेक्निसियन, तीन जना स्टाफ नर्स, एक जना रेडियोग्राफर, एक जना  हेल्थ असिस्टेन्ट करारमा नियुक्त गरेर कामकार्वाही सञ्चालन गरेको छ । त्यस्तै मेडिकल रेकर्डर, कम्प्युटर सहायक, सवारी चालक एकएक जना र आठ जना कार्यालय सहयोगीलाई करारमा नियुक्ति गरेको अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष गुरुङले जानकारी दिइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: