Khabar Dabali २६ मंसिर २०८१ बुधबार | 11th December, 2024 Wed
Investment bank

तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । बाँकेकाे डुडुवा गाउँपालिका-५ कम्दी बस्ने ३२ वर्षीय रामचन्द्र बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टी कम्दीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चाँदनी खाजा घर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख दुल्लु नगरपालिका-५ बस्ने १९ वर्षीय गणेश नेपाली र  भारत बहराइच थाना रूपैडिया बस्ने २७ वर्षीय सिरताज घोसी रहेका छन् ।  इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सन्ध्या होटल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही उपमहानगरपालिका-१५ मिलनचोक बस्ने २९ वर्षीय बलराज घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२ ह १६०९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक घिमिरेलाई पक्राउ गरेको हो । अछाम, साँफेबगर नगरपालिका-३  टोटासाल बस्ने ५८ वर्षीय पुरन कुँवरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनले संचालन गरेको मिलन किराना पसलबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लामिछानेमाथि सरकारले ज्यादती गरेको वर्षमान पुनकाे टिप्पणी

तनहुँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्याद...

एमाले सचिवालय बैठक: बिआरआई सम्झौतामा सफलता पाएकाे निष्कर्ष

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) काे सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन ...

सिमकोट विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन

हुम्ला । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।...

सिरियामा मोहम्मद अल बसिर अन्तरिम प्रधानमन्त्री नियुक्त

दमास्कस । बसर अल असदको शासनलाई ध्वस्त पार्न मद्दत गर्ने विद्रोही नेतालाई सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अ...

कतार सिरियाली इस्लामिक समूह एचटिएससँग सम्पर्कमा

दोहा । कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल-असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल-शाम (एचटिएस) र सिरियाका अन्य समूहहरूसँग...

भारतले सन् २०२६ देखि स्थानीय-मात्र सौर्य ऊर्जा सामग्रीहरू अनिवार्य गर्ने

नयाँदिल्ली । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरुले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु म...

पुष्पाः २ ले ६ दिनमा कमायाे ९ सय करोड बढी

मुम्बई । अल्लु अर्जुन–रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा– २ः द रुल’ ले विश्वभर ८८० करोडभन्दा बढी कमाइ गरेको छ । सुकुमार द्वारा निर्देशित एक्सन ड...

मैले कसैलाइ छाडिन, यो सरकार भने आफ्नालाइ जोगाउन लाग्योः प्रचण्ड

काठमाडौं । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । ...

मुस्ताङकाे मार्फाको तापक्रम माइनस सातमा झर्याे

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम माइनस सात डिग्री पुगेको छ । घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै...

अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको छ: अध्यक्ष प्रचण्ड

सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy